म्यानमारको सैन्य ‘कु’ को कांग्रेसले गर्‍यो निन्दा « Khabarhub

म्यानमारको सैन्य ‘कु’ को कांग्रेसले गर्‍यो निन्दा


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यानमार भएको सैन्य ‘कु’ को नेपाली कांग्रेसले निन्दा गरेको छ ।

म्यानमारकी नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टसहितका नेताहरुलाई गिरफ्तार गर्दै सेनाले सत्ता हत्याउनु निन्दनीय भएको जनाउँदै कांग्रेसले यसकाविरूद्ध विश्वव्यापी ऐक्यबद्धता जरूरी रहेकोसमेत जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमारमा सेनाले सत्ता कब्जा गरी एक वर्ष संकटकाल घोषणा गरेको विषयलाई विश्वव्यापी रुपमा निन्दा गनुपर्ने बताएका हुन् ।

प्रजातन्त्र निलम्बित भएको यस घटनालाई विश्वले साझा ऐक्यबद्धताका साथ प्रश्न उठाउनुपर्ने उनको भनाइ  ।

सेनाले हस्तक्षेप गरी लोकतन्त्र निलम्बन गर्ने कुरा र लोकतान्त्रिक प्रक्रियाबाट आएको नेतृत्वलाई विस्थापित गर्ने कुरा स्वीकार्य हुन नसक्ने उनले जनाएका छन् ।

 

 

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  २ : ३० बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला