मोबाइलबाट टाढिने आमिरको घोषणा « Khabarhub

मोबाइलबाट टाढिने आमिरको घोषणा


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका मिस्टर पर्फेक्टसनिस्टका रुपमा परिचित अभिनेता आमिर खानले सञ्चारबाट आफूलाई विच्छेद गराउन मोबाइल बन्द गर्ने घोषणा गरेका छन् ।

यो निर्णयले आफ्नो काम र व्यक्तिगत जीवनमा सजिलो हुने उनको विश्वास छ ।

आमिरका प्रवक्ताले आमिरका साथी अमिन हाजीको फिल्म ‘कोइ जाने ना’को सुटिङका लागि फिल्म ‘लाल सिंह चड्डा’बाट केही समयका लागि ब्रेक लिएको उल्लेख गरेका छन् । फिल्म ‘कोइ जाने ना’को जयपुरमा छायांकन गरिएको थियो ।

तर फिल्म ‘लाल सिंह चड्डा’का एक सदस्यले भने आमिरले मुम्बई फर्किएर फिल्मको काम शुरु गरिसकेको बताए । यो फिल्मको बाँकी काम सकेर उनी निर्देशक अद्वेत चन्दनका साथ पोस्ट प्रोडक्सनमा बस्नेछन् । फिल्म यही क्रिसमसमा रिलिज गर्नुपर्ने भएकाले पनि आमिरको व्यस्तता बढ्दो छ ।

यही व्यस्ततालाई मध्यनजर गर्दै आमिरले सोमबारबाट मोबाइल पूर्ण रुपमा बन्द गरेका छन् ।

‘आमिरले आफूमा मोबाइल चलाउने बानी बढेपछि उनले त्यसको असर निजी जीवन र काममा परेको बुझिसकेका छन्, त्यहीकारण उनी मोबाइल नभएको पुरानो समयको जीवनशैलीलाई अपनाउन चाहेका छन्,’ भारतीय मिडियाहरूले सूत्रको हवाला दिँदै उल्लेख गरेका छन् ।

आमिरले आफू निकटलाई अत्यावश्यक काममा आफूलाई भेट्नु परे मेनेजर वा कामसँग सम्बन्धित व्यक्तिलाई भन्न आग्रह गरेका छन् । ‘फिल्म ‘लाल सिंह चड्डा’ रिलिज नहुञ्जेलसम्म उनको सामाजिक सन्जालको खाता पनि उनको टिमले नै चलाउनेछन्’, भारतीय मिडियाहरूले जनाएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ४ : १० बजे

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई