महाभियोग विरुद्धको सुनुवाइका लागि ट्रम्पद्वारा दुई वकिल नियुक्त « Khabarhub

महाभियोग विरुद्धको सुनुवाइका लागि ट्रम्पद्वारा दुई वकिल नियुक्त


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरुद्ध सिनेटमा हुन लागेको महाभियोगमाथिको सुनुवाइका लागि प्रतिरक्षा गर्न दुई जना वकिल नियुक्त गरेका छन् ।

पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध एक कार्यकालमै दुई पटक महाभियोग लागेको थियो ।

ट्रम्पले नियुक्त गरेका वकिलहरुमा डेभिड सोएन र ब्रुस एल. क्यास्टर जुनियर रहेका छन् । विगतमा ट्रम्पसँग रहेका कतिपय वकीलले विदा लिइसकेकाले थप दुई वकिल नियुक्ति गर्नुपरेको हो ।

अमेरिकी सिनेटमा आगामी फेब्रुअरी ८ देखि महाभियोगमाथि सुनुवाइ हुँदैछ । ट्रम्पको गत जनवरी २० मा कार्यकाल समाप्त भए पनि अमेरिकी संसद भवनमा ट्रम्पको उक्साहटमा आक्रमण भएको भन्दै डेमोक्रेट पार्टीले उनीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाएको छ ।

अमेरिकी तल्लो सदनले महाभियोग लगाउने प्रस्ताव स्वीकृत गरी सिनेटमा पठाइसकेको छ । अमेरिकी संविधान र कानुन बमोजिम सिनेटको दुई तिहाइले पारित गरेमा मात्र कुनै पनि राष्ट्रपति विरुद्ध महाभियोग पारित हुने प्रावधान छ ।

सिनेटमा हाल रिपब्लीकन र डेमोक्रेटिक पार्टीबाट समान ५०–५० सदस्य रहेकाले ट्रम्प विरुद्धको महाभियोग पारित हुने सम्भावना भने कम रहेको छ ।

हालसम्म पाँच जना रिपब्लीकन सिनेटर सदस्यले मात्र ट्रम्प विरुद्धको महाभियोग लगाउनुपर्ने मत सार्वजनिक गरेका छन् । महाभियोग पारित हुन अझै १७ रिपब्लीकन सिनेटरले समर्थन जनाउनु पर्नेछ, जुन निकै कठिन छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ४ : ३० बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया