चौदण्डीगढीको पोष्टमा एपीएफको गोल वर्षा, सावित्राले मात्रै गरिन १२ गोल « Khabarhub

चौदण्डीगढीको पोष्टमा एपीएफको गोल वर्षा, सावित्राले मात्रै गरिन १२ गोल


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँमा जारी राष्ट्रिय महिला लिग फुटबलमा उदयपुरको चौदण्डीगढी नगरपालिकाविरुद्ध सशस्त्र प्रहरीको एपीएफ टोलीकी सावित्रा भण्डारी एक्लैले १२ गोल गरेकी छन्।

विभागीय टिम एपिएफ क्लबले चौदण्डीगढीविरुद्ध २२-० गोलको जित निकाल्ने क्रममा सावित्राले १२ गोल गरेकी हुन्।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले कमजोर मानिएको चौदण्डीगढीविरुद्ध गोलको वर्षा नै गर्‍यो। यही क्रममा सावित्राले एकै खेलमा चौथो ह्याट्रिक पूरा गरिन्।

सावित्राले खेलको पाँचौं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाइन्। त्यसपछि उनले खेलको ३२ र ३३ औं मिनेटमा गोल गर्दै पहिलो ह्याट्रिक पूरा गरिन्।

त्यसपछि खेलको ३४, ३८ र ४७ औं मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक पूरा गरिन्। एकपछि अर्को गोल गर्दै ह्याट्रिक पूरा गर्ने क्रममा सावित्राले खेलको ५५, ६२ र ६३ औं मिनेटमा गोल गर्दै तेस्रो ह्याट्रिक बनाइन्।

एकपछि अर्को कीर्तिमान कायम गर्ने क्रममा सावित्राले खेलको ७२, ७९ र खेलको अतिरिक्त समयमा गोल गर्दै १२ गोल पुर्‍याएर चौथो ह्याट्रिक बनाइन्।

त्यस्तै, चौदण्डीगढीविरुद्ध कप्तान अनु लामाले ह्याट्रिकसहित पाँच गोल गर्दा अनिता बस्नेतले ह्याट्रिक गोल गरिन्। सरु लिम्बु र रेनुका नगरकोटीले १–१ गोल थपे।

अनु लामाले ११, १४ र २०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन्। उनले २६ र ६५औं मिनेटमा थप दुई गोल गर्दै पाँच गोल गरेका थिए ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ५ : ५६ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ