वेब सिरिजमा ‘डेराको जिन्दगी’ « Khabarhub

वेब सिरिजमा ‘डेराको जिन्दगी’


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म निर्देशक राजु अधिकारीको निर्देशनमा वेब सिरिज ‘डेराको जिन्दगी’ निर्माण हुने भएको छ । सिरिजको सोमबार भद्रकाली मन्दिरमा मुहुर्त गरेसँगै छायांकन सुरु भएको छ ।

निर्देशक अधिकारीका अनुसार वेब सिरिजमा देशका विभिन्न स्थानबाट आई काठमाडौमा डेरा गरी बस्ने सर्वसाधारणको सपना, संघर्षपूर्ण जीवनशैली तथा घरबेटीको आफ्नै व्यथालगायतका विषय उठान गरिनेछ । मन्सामन्शी क्रियशनको ब्यानरमा सरला अधिकारी (भण्डारी) निर्माता रहेको सिरिजको कार्यकारी निर्मातामा राजाराम गौतम र सह–निर्माता सचित शाह छन् ।

हाँस्य प्रधान सिरिजमा पुस्कर राउत, रमेश अधिकारी, शेखर खनाल, सुयोग्य श्रेष्ठ, निक शर्मा, रिया श्रेष्ठ, संजिता भण्डारी, सान अधिकारी, राजाराम गौतम, सोनी विक, सूर्यकला दाहाल, गोकुल सुवेदी, सपना श्रेष्ठ, बिन्दिया शाही, शिवन लामा, सरोज दाहालसहित बालकलाकार अरुण कालीराजको अभिनय छ ।

५२ भागसम्म निर्माण गरिने सिरिज काठमाडौ उपत्यकाभित्रै खिचिने छ । आशुतोष अधिकारी सहायक निर्देशक रहेको सिरिजको मुख्य सहायक निर्देशक दीपक अधिकारी र छायाकार जयराम थापा छन् । मौनता श्रेष्ठको कथा तथा मन्दिल श्रेष्ठको सम्पादन रहने सिरिज मन्सामन्शी क्रियशनको युट्युवमार्फत सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ६ : ३० बजे

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध