गैरआवासीय नेपाली र कूटनीतिक नियोगका कर्मचारीलाई अनअराइभल भिसा « Khabarhub

गैरआवासीय नेपाली र कूटनीतिक नियोगका कर्मचारीलाई अनअराइभल भिसा


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले गैरआवासीय नेपाली तथा कूटनीतिक नियोगका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने भएको छ ।

गत मङ्सिर १०, पुस १० र यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अनअराइभल भिसा खुला गरिएको अध्यागमन विभागले जनाएको छ ।

विभागले आइतबार सूचना प्रकाशन गर्दै नेपाली मूलका विदेशी (राहदानीमा जन्मस्थान नेपाल उल्लेख भएको) वा नेपालीसँग नाता सम्बन्ध भएका वा गैरआवासीय नेपाली, कूटनीतिक तथा औपचारिक राहदानवाहक, युएनका कर्मचारी, नेपालमा रहेका अन्तर्राष्ट्रिय संस्थामा कार्यरत विदेशी कर्मचारीलाई विनाशर्त अनअराइभल भिसा खुला गरिएको जनाएको हो ।

विभागले नेपालको भिसा भएका विदेशी नागरिकलाई आगमन अनुमति भने दिइने जनाएको छ भने नेपालको भिसा नभएका विदेशीले विदेशस्थित नेपाली नियोगबाट भिसा लिएरमात्र नेपाल आउन पाउनेछन् ।

विदेशी नागरिकलाई पूर्वस्वीकृति विना स्थलमार्गबाट नेपाल प्रवेशको अनुमति दिइएको छैन । सबै विदेशीले यात्रा शुरु गर्नुभन्दा बढीमा ७२ घण्टाको पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट र दश दिनको क्वारेन्टिन अनिवार्य रहेको छ ।

यसअघि सम्बन्धित मुलुकमा रहेका नेपाली नियोगबाट पूर्वस्वीकृति लिएर आएकालाई मात्र अनअराइभल भिसा दिने गरिएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १० : ४५ बजे

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा

लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता

चितवन– चितवन जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ जना अझै