काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाक्री र राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणबीच ‘फेसबुकयुद्ध’ चर्किएको छ ।
दुबै जनाले फेसबुकमा लामै स्टाटस लेख्दै सवाल जवाफ गरेका छन् ।
जात वा लिंगको सहारा लिएर सुरक्षित हुन खोज्नु ‘डरलाग्दो अवसरवाद’ भन्दै नेतृ झाक्रीले लेखेको स्टाटसको जवाफ दिँदै राष्ट्रपति भण्डारीकी छोरी उषाकिरणले सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न प्रश्न उठाएकी छिन्।
सोमबार सामाजिक सञ्जालमा एक नेतृ झाक्रीले भनेकी छिन् ‘लैंगिक संवेदनशीलता मलाई राम्रोसँग थाहा छ । शासकमा लैंगिकता जोडी भावनाको कुरा गरेर नबहकिनु नै राम्रो हुन्छ। जब जात वा लिंगको सहारा लिएर सुरक्षित हुन खोजिन्छ नि, त्यो पनि डर लाग्दो अवसरवाद हो।’
उनले बाल्यकाल र आमाको जवानी फिर्ता माग्नेहरू विदेशी विश्वविद्यालय पढ्दै थिए, जतिबेला हामी हजारौं-लाखौंको सपनाका लागि लड्दै थियौं। आमा-बुबाको राजनीतिको ब्याज मिहिनेत बिना हामीले कति पुस्तासम्म तिर्दै जानुपर्ने हो ? भन्दै प्रश्न गरेकी थिइन ।
यही प्रश्नको जवाफ राष्ट्रपतिकी छोरी उशाकिरणले पनि पेचिलो पारामा दिएकी छिन । उनले झाँक्रीलाई आफ्नो आमाको सारीमा प्रश्न उठाउने तपाइँ को हो ? भन्दै प्रश्न तेर्साएकी छिन् ।
उषाकिरणले फेसबुकमा यस्तो लेखेकी छिन-
उनले लेखेकी छिन्– “मेरो momले मलाई बोलाउनुभयो अनि भन्नुभयो- सबै leadership मा रहेका महिलाहरूलाई घिनलाग्दो आक्षेप लगाउछन्- पहिलेको समयमा इन्दिरा गाँधी देखि अन्तराष्ट्रीय जगतको कुरा गर्दा एँगेला मर्केलको उदाहरण दिनुभयो ।
आमाको मन हो- आफ्नो घाउ देखाउनु भएन, छोरीहरूमाथि यस्तो घटनाक्रमले पारेको आहतमा मलम लगाउन र हिम्मत दिन कोशिश गर्नुभयो। मेरो mom को बारेमा तथानाम भन्न थालेको लगभग २०५२/५३ देखि हो । यो शुरू गर्ने पत्रकार अहिले retired वरिष्ठ पत्रकार र ठूलो नागरिक अगुवा भइसके।
उनीहरूका नयाँ र neo अवतार अहिले छन । म त्योबेला ११ वर्ष जति थिए, momले phone मा भन्नुहुँदैथियो- “म किन अभियानमा ननिसकिनु ? किन घरमा लुक्नु ? उनीहरुले यही चाहेर यो सब गर्दैछन्- म भाग्दिनँ। ”
मलाई त्योदिन देखी नै हिम्मत प्राप्त भयो । mom ले हामीलाई आफ्नो साहास र दृदताबाट शिक्षित गर्नुभएको छ । १ महिना अघि मैले यहीं ( facebookमा) भनेको थिएँ- अदृश्य cyber bully बाट अब सडकमा नारा लाउन शुरु भयो- हामिले आवाज बुलन्द नगरे यस्तो crime ले झन ठूलो रूप लिन्छ- एक महिना नबित्तदै त्यही भयो।”
यहाँ रामकुमारी झांक्रीलाई आफ्नो युवा नेता मान्नेले झांक्रीलाई सुनाइदिनु
१) गल्ती सेतो सारीमा होइन गल्ती दृष्टिकोणमा छ
२) गलत चुनाव लडाउनु होइन, उहाँमाथि त्यसबेलाका शीर्ष नेताले गरेको व्यवहार र बोलीमा थियो- अहिले उहाँ तपाइँको शीर्ष नेता हुनुहुन्छ- सोधनुहोस गएर !
३) तपाईं communist schooling को हो भने- सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नु पर्ने- मेरो mom एउटा अकल्पनीय घटना सामना गर्दै हुनुहुन्थियो- तपाइँ सेतो सारीको कुरा गर्नु हुन्छ- हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा सेतै भित्ता थिए- उहाँले daddyलाई मनपर्ने खाना/ अचार बनाउन छोडनु भयो- उहाँका स-साना छोरीहरू हामीले प्रश्न उठाएनौ, तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?
हामी ९/१० वर्षको ले बुझ्यौ उहाँ tragedy संग cope गर्ने कोशिशमा यो सब गर्दै हुनुहुन्थियो । तपाईं महिला, ठूलो मान्छे भएर यती बुझनु भएन!!? तपाइँलाई अर्को कुरा भन्छु, दसैंमा टिका ग्रहणपनि राष्ट्रपति भएपछि बाध्यात्मक अवस्था भएर लाऊनुभयो । राष्ट्र प्रमुखको निधार खाली हुनुहुँदैन भन्ने मान्यताले गर्दा । उहाँको बूढ़ी आमाले उहाँलाई प्रश्न गर्नु भएन जमरा मात्रै हातमा दिँदा । तपाईं भीड जम्मा गरेर किन सांस्कृतिक क्रान्ति नगरेको भनेर प्रश्न गर्ने को हो !? Tragedy cope गर्ने हरेकको आफ्नो आफ्नो बाटो हुन्छ ।
जुन बाटो स्वयम त्यो व्यक्तिले पनि voluntarily रोज़ेको होइन। हरेक कुरा नाफा र नोक्सानमा तुलना गर्न सकिदैन। यदी तपाइँलाई लाग्छ आफ्नो माया आफ्नो जीवनसाथी भन्दा माथि career महत्वकांक्षा हो भने- ठाउँ साटौँ- तपाईं उहाँको सिन्दूर पोते रातो सारी, हाम्रो daddy, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस अनि तपाईंलाई हामीसंग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ- लिएर जानुस । झांक्रीलाई नेता मान्ने र सम्पर्कमा भएकाले यो छोरीको प्रश्न सुनाइदिनु”
नेकपा नेतृ झाक्रीले लेखेको स्टाटस यस्तो छ
हामी कलिला नानीहरू यो देशमा परिवर्तन र रूपान्तरको लागि लडेका थियौं। सपना थियो- जनताको सुख र समृद्धि । त्यसका लागि राजनीतिक क्रान्ति सम्पन्न गर्नु थियो र आर्थिक क्रान्तिको लागि राजनीतिक स्थायित्व र सुशासन स्थापना गर्नु थियो । हामी लड्यौं- क्रान्ति गर्यौ यो व्यवस्था ल्यायौं।
तर यो व्यवस्थाको विरूद्ध संविधानको धज्जी उडाउने काम कसले गर्यो ? त्यसको विरूद्ध लड्नु हाम्रो कर्तब्य हो। प्रतिगामीको न लिंग हुन्छ, न लैंगिकता, न जात वा धर्म।
लैंगिक संवेदनशीलता मलाई राम्रोसँग थाहा छ । शासकमा लैंगिकता जोडी भावनाको कुरा गरेर नबहकिनु नै राम्रो हुन्छ। जब जात वा लिंगको सहारा लिएर सुरक्षित हुन खोजिन्छ नि, त्यो पनि डर लाग्दो अवसरवाद हो।
जवानी र विधवाको सवाल होइन यो। त्यसो त आज हामीले ल्याएको व्यवस्थाको धज्जी उडाउने महाराजा वा महारानीले हाम्रा सपना र हाम्रो बाल्यकाल फिर्ता गर्न सक्छन् ? अझै पनि भावनाको कुरा गरेर फाइदा लिने?
बाल्यकाल र आमाको जवानी फिर्ता माग्नेहरू विदेशी विश्वविद्यालय पढ्दै थिए, जतिबेला हामी हजारौं-लाखौंको सपनाका लागि लड्दै थियौं। आमा-बुबाको राजनीतिको ब्याज मिहिनेत बिना हामीले कति पुस्तासम्म तिर्दै जानुपर्ने हो ?
प्रतिक्रिया