पूर्वप्रधानमन्त्री भट्टराईलाई ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष « Khabarhub

पूर्वप्रधानमन्त्री भट्टराईलाई ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवम्‌ जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका छन् ।

भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराइरहेका भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकहरूले जानकारी दिएका हुन्‌ ।

​वायोप्सीसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेको जानकारी उनका सहयोगी विश्वदीप पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्‌ ।

देखिएको ट्युमरलाई भने केही महीनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकले सुझाव दिएका छन्‌ । बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा हुन सक्ने चिकित्सकले आज भएको परामर्शमा सचेत गराएका हुन्‌।

उनले प्रोफेसर डाक्टर विक्रम भाटियासँग परामर्श लिएका थिए । अध्यक्ष भट्टराई भोलि फागुन १८ गते मंगलबार नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल फर्कनेछन्‌ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १ : ०९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको