१ लाख दिएर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाइने | Khabarhub Khabarhub

१ लाख दिएर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाइने


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाइने भएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाइने जनाएको हो ।

फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियानको घोषणा गर्दै आफ्नो नामको कुर्सी राख्न पाइने जनाएको हो ।

आफ्नो या परिवारका सदस्यको नामको कुर्सी राख्न १ लाख फाउन्डेसनलाई सहयोग गर्नुपर्ने फाउन्डेसनले जनाएको छ ।

फाउण्डेशनले रंगशाला निर्माणका लागि आर्थिक रकम जुटाउन उक्त अभियान थालेको हो । यस अभियानबाट ३ अर्ब संकलन हुने अनुमान गरिएको फाउण्डेशनले जनाएको छ ।

त्यस्तै रंगशालाको हालसम्मको खर्च विवरण सार्वजनिक गरिएको छ । फाउन्डेशनले डीपीआर अनुसार रंगशाला निर्माणको कुल लागत ३ अर्ब ५५ करोड रहेको जनाएको छ ।

तर, २०७७ सम्ममा ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैंया ८० पैसा मात्र आर्थिक संकलन भएको छ । जसमा ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैयाँ २३ पैसा खर्च भएको छ ।

रंगशाला निर्माणमा हालसम्म ११ करोड १७ लाख ८२ हजार २७ रुपैंया ४३ पैसा ऋण रहेको फाउन्डेशनले जानकारी दिएको छ ।

रंगशाला निर्माण कार्यमा मैदानको काम ८५ प्रतिशत सकिएको र प्याराफिट तर्फको काम ३० प्रतिशत काम सम्पन्न भएको फाउन्डेशका अध्यक्ष सीताराम कट्टेलको बताए ।

भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा रंगशाला निर्माण भइरहेको छ । २०७५ साल माघ १६ गते महानगर र फाउण्डेशनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो ।

रंगशाला नेपालको मौलिकता झल्कने गरी कमलको फूलको आकारमा निर्माण गरिनेछ । रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ५ : ०३ बजे

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता

केजरीवाललाई सर्वोच्च अदालतले दियो अन्तरिम जमानत

काठमाडौं– भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका सर्वोच्च अदालतले अन्तरिम जमानत

उपप्रधानमन्त्री यादवको तर्क- जसपाको फुटले सरकारलाई असर गर्दैन

भक्तपुर- उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता समाजवादी

जुम्लाको छुमचौरमा कालीमार्सी धान रोपाइँ

जुम्ला– जुम्लाको पातारासी गाउँपालिका–३  छुमचौर जिउलोमा धान रोपाइँ सुरु भएको

हुन्डीको ९८ लाखसहित पक्राउ परेका युवा सुन तस्करीमा पनि संलग्न !

काठमाडौं-काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको ९८ लाख