बिल गेट्सको नजरमा आईफोनभन्दा एन्ड्रोइड उपयुक्त | Khabarhub Khabarhub

बिल गेट्सको नजरमा आईफोनभन्दा एन्ड्रोइड उपयुक्त


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्बपति एवम् माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफूले एन्ड्रोइड फोन प्रयोग गर्ने बताएका छन् ।

सोसल प्लेटफर्म क्लबहाउससँगको अडियो अन्तरवार्ताका क्रममा आईओएस (आइफोनको एन्ड्रोइड सिस्टम) का आफ्नो धारणा राख्दै उनले आफू आईओएस भन्दा पनि एन्ड्रोइड फोन प्रयोग गर्न मन पराउने बताएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उनले एन्ड्रोइडको इकोसिस्टम र सफ्टवेयरको इन्टरफेस पनि राम्रो हुनुका साथै प्रयोगमा सहज हुने भएकाले पनि आफूले एन्ड्रोइड फोन प्रयोग गर्ने गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘म हरेक कुरा ट्रयाकमा राख्नका लागि एन्ड्रोइडको प्रयोग गर्छु, मलाई यही उपयुक्त लाग्छ, आफू आईफोनको वरिपरि भएता पनि एन्ड्रोइड बोकेर हिँड्छु ।’

एन्ड्रोइडमा शुरुमै इन्स्टल भएर आउने माइक्रोसफ्टका कतिपय सफ्टवेयर आफ्ना लागि अझ सहज पक्ष भएको उनको भनाइ छ ।

मोबाइल अपरेटिङ सिस्टम आईओएस र एन्ड्रोइडमा कुन राम्रो भन्ने विषय सधैं चर्चा भइरहने विषयमध्येको एक विषय हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ९ : ३३ बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी