मगर स्थापना दिवसमा वृत्तचित्र ‘मगरको चिनारी’ प्रदर्शन « Khabarhub

मगर स्थापना दिवसमा वृत्तचित्र ‘मगरको चिनारी’ प्रदर्शन


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मगर जातिको भाषा, धर्म, संस्कार संस्कृति तथा इतिहासलाई समेटेर निर्माण गरिएको वृत्तचित्र ‘मगरको चिनारी’ प्रदर्शन गरिएको छ ।

३९ औँ मगर स्थापना दिवसको अवसरमा नेपाल मगर संघ, रामेछाप नगर समितिको आयोजनामा रामेछाप नगरपालिकामा उक्त वृत्तचित्र प्रदर्शन गरिएको हो ।

वृत्तचित्रको विमोचन तथा प्रदर्शन कार्यक्रमको उद्घाटन रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापामगरले आदिवासी, जनजातिहरुको भाषा, धर्म, संस्कृति जगेर्ना गर्न स्थानीय तहले पनि विशेष ध्यान दिँदै आएको बताए । उनले मगर जातिको धर्म, संस्कार, संस्कृति जगेर्नाका लागि नगरपालिकाले विभिन्न कार्यक्रम गर्न सहयोग गर्दै आएको जानकारी दिए ।

मगर जातिको इतिहास, भाषा, धर्म र संस्कार संस्कृतिलाई जर्गेना गर्ने तथा प्रसारप्रचार गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको रामेछाप नगर समितिका अध्यक्ष राजुकुमार मगरले जानकारी दिए ।

वृत्तचित्रलाई कमल ऐक्चै मगरले निर्देशन गरेका हुन् भने लेखन तथा उद्घोषण कमल रानाले गरेका छन् । वृत्तचित्रलाई चक्र महर्जनले खिचेका हुन् ।

कार्यक्रममा वृत्तचित्र निर्माणका निर्देशक कमल एक्चै मगर, लेखक तथा उद्घोषक कमल राना, क्यामेरामेन चक्र महर्जन, निर्माणमा सहयोगी भूमिका निर्वाह गर्ने नगर समितिका अध्यक्ष राजुकुमार मगरलगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १० : २८ बजे

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध