यस्तो छ कपाल फुल्नबाट जोगाउने घरेलु उपचार विधि « Khabarhub

यस्तो छ कपाल फुल्नबाट जोगाउने घरेलु उपचार विधि


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्त्री तथा पुरुष दुवैका लागि कपाल सुन्दर हुनु राम्रो मानिन्छ ।

वर्तमान समयमा कपालमा विभिन्न प्रकारका समस्याहरुले जन्म लिइरहेका छन् । कुनै प्रकारका सङ्क्रमण बढी रसायनयुक्त खानाको प्रयोग, अप्रमाणित स्याम्पुको प्रयोग आदि जस्ता विभिन्न कारणहरुले कपालमा अनेक रोगहरु उत्पन्न हुन्छन् ।

जसमा कपाल फुल्नुलाई पनि एक समस्याको रुपमा लिने गरिन्छ । यस रोगबाट छुट्कारा पाउन निम्नानुसारको उपचार पद्धति अपनाउनु जरुरी हुन्छ ।

घरेलु उपचारविधि

—     समुद्रफललाई पानीमा पिसेर तीन महिनासम्म कपालमा लगाउनाले कपाल कालो हुन्छ ।

—     इन्द्रायणको विउको वेल सेतो कपालमा लगाउनाले कपाल कालो हुन्छ ।

—     हर्रो, बर्रो, अमला निमको पात, मृगराज आदि सबैलाई बराबर मात्रामा लिई कालो गाईको पिसाबमा मिलाई पिसेर केही समयसम्म निरन्तर टाउकोमा लगाउनाले कपाल कालो हुन्छ ।

—     शरदऋतुको समय छ भने हरियो अमला टिपेर १०/१२ वटा अमलाको भित्री माग फाली पिस्नुहोस् । पिसिसकेपछि उक्त धुलो टाउकोमा लगाउनाले कपाल कालो हुन्छ । यसलाई २/३ घण्टासम्म टाउकोमा लगाई साबुन प्रयोग नगरी नुहाउनुहोस् ।

—ताजा ओखरलाई दुधमा पकाई उक्त दूधबाट मथेर घ्यू निकाल्नुहोस् उक्त घ्यूलाई कपालमा लगाउनाले कपाल कालो हुन्छ ।

साभार : घरेलु आयुर्वेदिक उपचारपुस्तकबाट

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ४ : ४५ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य