बिमस्टेकको मन्त्रीस्तरीय बैठक आज, दिगो विकासका एजेन्डामा छलफल हुने | Khabarhub Khabarhub

बिमस्टेकको मन्त्रीस्तरीय बैठक आज, दिगो विकासका एजेन्डामा छलफल हुने


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक आज बस्दैछ ।

श्रीलङ्काले आयोजना गरेको भर्चुअल मन्त्रीस्तरीय बैठक अपराह्न ३ बजे शुरू हुनेछ ।

बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्नेछन् ।

बैठकमा दिगो विकासका एजेन्डा सन् २०३० को लक्ष्य प्राप्तिका लागि सामूहिक सहकार्यमा जोड दिँदै यस क्षेत्रको गरिबी तथा अन्य समस्या निराकरणका लागि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ ।

यस्तै बहुआयामिक सम्पर्क सञ्जालमार्फत एकीकृत समृद्धि प्राप्तिका लागि आगामी दिनमा गर्नुपर्ने कामको ठोस योजना पनि यो बैठकले तय गर्ने जनाइएको छ ।

यसअघि बुधबार भर्चुअलरूपमा सचिवस्तरीय बैठक बसेको थियो । बैठकले आज भर्चुअल रूपमा बस्ने मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा संयुक्त वक्तव्यमा सम्बोधन हुने विषयवस्तु तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिमस्टेक सदस्य राष्ट्रका उच्चाधिकारीको सहभागिता रहेको बैठकमा बोल्दै परराष्ट्र सचिव भरत पौड्यालले सन् २०१८ को अगस्टमा नेपालमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा भएका निर्णय र त्यसपश्चात् भएका अन्य उच्चस्तरीय बैठकले गरेका निर्णय कार्यान्वयन सफलताको बाटो उन्मुख रहेको बताएका थिए ।

बैठकमा सम्पर्क सञ्जालको गठन, बिमस्टेक सचिवालयका लागि सन् २०२० को आर्थिक बजेट तथा सन् २०२१ का लागि अनुमानित बजेटका विषयबारे छलफल गरेको थियो ।

सन् २०१८ मा भएको बिमस्टेक शिखर सम्मेलनले बङ्गाल क्षेत्रका देशमा शान्ति र सामूहिक सहकार्यलाई जोड दिएको थियो । यस क्षेत्रमा शिक्षामा सबै जनताको पहुँच पुर्‍याउने, भौगोलिक आबद्धतालाई बलियो बनाउने, प्राकृतिक र मानवीय स्रोत साधनको आदानप्रदान तथा बहुसांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई बढावा दिँदै विकास र समृद्धिमा रुपान्तरण गर्ने विषयमा साझा अवधारणा प्रस्तुत गरिएको थियो ।

नेपाल सन् २००४ देखि बिमस्टेकमा आबद्ध भएको हो । बिमस्टेकका १४ वटा प्राथमिकताका कार्य क्षेत्र रहेका छन् । जसमा व्यापार र लगानी, प्रविधि, ऊर्जा, यातायात र सञ्चार, पर्यटन, मत्स्य पालन, कृषि, सांस्कृतिक सहकार्य, वातावरण र विपत् व्यवस्थापन, सार्वजनिक स्वास्थ्य, जन सम्पर्क सञ्जाल, गरिबी निवारण, आतङ्कवाद र सङ्गठित अपराधविरुद्धका कार्य तथा जलवायु परिवर्तन रहेका छन् ।

बिमस्टेकका सदस्य राष्ट्रहरूमा नेपालसहित बङ्गलादेश, भुटान, भारत, श्रीलङ्का, म्यानमार र थाइल्यान्ड रहेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ७ : २० बजे

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र