नेकपा एकता भंग गर्ने फैसलाविरूद्धको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीश सम्मिलित इजलासमा « Khabarhub

नेकपा एकता भंग गर्ने फैसलाविरूद्धको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीश सम्मिलित इजलासमा


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपाको एकता भंग गर्ने सर्वोच्च अदालतको फागुन २३ को फैसलाविरुद्ध दर्ता भएको पुनरावलोकन मुद्दामा आज सुनुवाई हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुनुवाईका लागि आफूसहितको पूर्ण इजलास बनाएका छन् । इजलासमा न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना छन् ।

नेकपाको ‘नाम’ सम्बन्धी मुद्दाको फैसलामा फागुन २३ गते न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपाको एकता नै अवैध ठहर गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताएको थियो ।

सो फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेका थिए ।

एकता भंग गर्ने फैसला कानूनी नभई सर्वोच्चको राजनीतिक निर्णय रहेको माओवादी केन्द्रको दाबी छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेलको पार्टीको हुने फैसला दुई जना न्यायाधीश रहेको संयुक्त इजलाशले गरेको थियो ।

पुनरावलोकन निवेदनमा ‘सर्वोच्च अदालतको स्थापित नजीर वा कानूनी सिद्धान्तको प्रतिकूल फैसला वा अन्तिम आदेश भएको’ जिकिर गरिएको अवस्थामा संयुक्त इजलाशले गरेको फैसला पूर्ण इजलाशले हेर्ने नियम छ ।

यस्तो इजलाशमा फैसला वा अन्तिम आदेश गर्नेबाहेकका न्यायाधीश रहने नियम छ । यस्तो इजलाशले पुनरावलोकनको अनुमति दिने वा नदिने निर्णय गर्नेछ ।

पुनरावलोकनको निवेदनमा सम्बन्धित इजलाशले अन्यथा अदेश दिएमा बाहेक मौखिक जिकिर वा बहस हुँदैन । निवेदकको माग बमोजिम पुनरावलोकन गरिदिनुपर्ने देखिएमा इजलाशले कारण खुलाई पुनरावलोनका लागि आदेश दिनेछ ।

पुनरावलोकन हुने आदेश भएमा निवेदकले कानून बमोजिम कोर्ट फी, पुनरावेदन दस्तुरलगायतका दस्तुर दाखिल गरेपछि पुनरावलोकनको निवेदन पुनरावेदन सरह दर्ता हुनेछ ।

यस्तो निवेदनको सुनुवाइ फैसला गर्ने र अनुमति दिने न्यायाधीशबाहेकको इजलाशमा हुनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  १० : ५५ बजे

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ