फाष्ट ट्र्याक निर्माण : दोस्रो प्याकेजको टेन्डर रोक्न लेखा समितिको निर्देशन (भिडियोसहित) « Khabarhub

फाष्ट ट्र्याक निर्माण : दोस्रो प्याकेजको टेन्डर रोक्न लेखा समितिको निर्देशन (भिडियोसहित)


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई द्रुत मार्ग (फाष्ट ट्र्याक) को दोस्रो प्याकेजको टेन्डर रोक्न नेपाली सेनालाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकमा फाष्ट ट्र्याकबारे रक्षा मन्त्रालय र नेपाली सेनासँग छलफल भएको थियो । फाष्ट ट्र्याकमा अहिले पुल र सुरुङ निर्माण गर्ने दुईवटा प्याकेजमा काम भइरहेको छ ।

त्यस अन्तर्गत सेनाले पहिलो चरणमा दुई निर्माण कम्पनी छनोट गरेको थियो भने दोस्रोमा एउटा मात्रै निर्माण कम्पनी छनोट गरिएको थियो । दोस्रोमा एउटा मात्र कम्पनी छनोट भएको र प्रतिस्पर्धा नहुने भएकोले त्यसलाई रद्द गरेर पुन प्रक्रिया शुरू गर्न समितिले निर्देशन दिएको हो ।

यो पनि पढ्नुहोस्

अपारदर्शीरूपमा चिनियाँ कम्पनीलाई ४५ अर्बको ठेक्का दिने तयारीमा नेपाली सेना

समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई विकास आयोजनाहरु निर्माण गर्दा आइपर्ने समस्या हटाउन, विवाद समाधान गर्न, आवश्यक कागजात र निर्देशिका बनाउन समेत निर्देशन दिएको छ ।

रक्षा मन्त्रालयका सचिव रे​श्मिराज पाण्डे र नेपाली सेनाका सहायक रथी विकास पोखरेललाई बैठकमा बोलाइएको थियो । छलफलमा सांसदहरुले बोलपत्र आह्वान गर्दा सेनाले सार्वजनिक खरिद ऐन विपरित गरेकोले टेन्डर प्रक्रिया तत्काल स्थगित गर्न माग गरेका थिए । उनीहरुले उपसमिति बनाएर छानविन गर्न पनि माग गरेका थिए ।

हेरौँ भिडियो

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ४ : ०४ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट