चैत २८ गते कोभिड कप फुटबल हुँदै « Khabarhub

चैत २८ गते कोभिड कप फुटबल हुँदै


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसको मुख्य आयोजनामा आगामी चैत २८ गते दशरथ रंगशालामा कोभिड कप फुटबल प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगिताको उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । आयोजक टिमले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको विषयमा जानकारी दिएको थियो ।

विश्वलाई सन्देश दिने उद्देश्यले आफूहरुले उक्त प्रतियोगिताको आयोजना गरेको आयोजक टिमको भनाइ छ ।

आयोजकका अनुसार प्रतियोगितामा विभिन्न दश टिमले सहभागी जनाउनेछन् । कलाकारहरुको तर्फबाट भाग लिने टिमको नेतृत्व (कप्तान) नायक धीरेन शाक्यले गर्ने र लोकदोहोरीबाट भाग लिने टिमको नेतृत्व गायक बद्री पंगेनी, हाँस्यकलाकारबाट ईन्द्र दोङ खम्बे, काठमाडौं जिल्ला सहकारी संघबाट अध्यक्ष ज्ञानबहादुर तामाङले गर्ने बताइएको छ ।

‘कोभिडबाट थलिएका हामी फेरि उठ्नुछ’ भन्ने नाराका साथ प्रतियोगिता विशुद्ध मनोरञ्जनका लागि मात्र हुने पनि आयोगक टिमले जनाएको छ ।

कार्यक्रममा मिडिया हाउसका कार्यकारी निर्देशक समिर लामाले विश्व नै कोभिडबाट प्रभावित भएको उल्लेख गर्दै नेपालले भने कोभिडबाट कम क्षति व्यहोरेको भन्दै कोभिड नियन्त्रणमा नेपालको अवस्था सन्तोषजनक भएको बताए । उनले भने,‘विश्वले नै कोभिडको मार भोगिरहेको छ ।’

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ६ : ४४ बजे

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित