रोजगारी गुमाएका श्रमिकको आवश्यक प्रबन्ध मिलाउन राष्ट्रपतिको आग्रह | Khabarhub Khabarhub

रोजगारी गुमाएका श्रमिकको आवश्यक प्रबन्ध मिलाउन राष्ट्रपतिको आग्रह


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस  (मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमिकलाई शुभकामना व्यक्त गरेकी छन् ।

उनले मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकप्रति सम्मान प्रकट गरेकी छन्।

यस दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताका सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरेकी छन् ।

महामारीविरुद्ध अग्रपंक्तिमा काम गर्ने श्रमिकप्रति धन्यवाद व्यक्त गर्दै राष्ट्रपति भण्डारीले उनीहरुको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न तथा रोजगारी गुमाउने श्रमिकको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध गर्न सम्बद्ध पक्षको ध्यान आकृष्ट गरेकी छन्।

राष्ट्रपतिको सन्देशमा भनिएको छ- मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ । उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुन्छ। यसका लागि मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नु पर्दछ। समष्टिमा पुँजी र श्रमको सम्मिश्रणबाट आर्जित मुनाफाको न्यायोचित वितरणबाट मात्रै श्रमिकहरूको जीवनस्तर माथि उठाउन सकिन्छ भन्ने मलाई लाग्दछ ।

मुलुक मानवअधिकार र लोकतन्त्रका आधारभूत मान्यतालाई संवैधानिक रूपमा नै सुनिश्चितता प्रदान गर्दै समाजवादोन्मुख अर्थतन्त्र निर्माणका दिशामा अग्रसर बनेको परिस्थितिमा श्रमको सम्मान‚ सुरक्षित कार्यथलो‚ सामाजिक सुरक्षा‚ आफ्नो जीवनलाई प्रभावित पार्ने नीति निर्णयमा सहभागिताका साथै लैंगिकलगायत सबै प्रकारका विभेदको अन्त्य गर्दै सबैका लागि फलदायी रोजगारीको सिर्जना गर्न नेपाल सरकार कटिबद्ध रहँदै आएको जनाउँदै राष्ट्रपतिले यसका प्रतिफल क्रमशः प्राप्त पनि भइरहेको बताएकी छन्।

यी सार्थक पहलबाट गरिबी उन्मूलनका साथै सामाजिक सुरक्षाको प्रत्याभूति सहित “समृद्ध नेपाल, सुखी नेपाली” को साझा राष्ट्रिय संकल्पलाई सार्थक तुल्याउन सम्भव हुने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन्।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरका कारण देशमा पुनः संक्रमण बढ्दै गएको हुँदा यसको फैलावटलाई तोड्न नेपाल सरकारले विभिन्न शहर एवं जिल्लामा निषेधाज्ञा जारी गरेबाट जनजीवनमा केही अप्ठ्यारो स्थिति सिर्जना भए पनि जनताको जीवन रक्षालाई पहिलो प्राथमिकता दिँदै सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्न र निषेधाज्ञाका नियमह कडाका साथ अवलम्बन गर्न पनि राष्ट्रपति भण्डारीले सबैलाई  आह्वान गरेकी छन्।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ७ : २० बजे

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन

बीएनपीका नेता भन्छन्– भारतसँग मिलेर काम गर्न तयार छौँ

काठमाडौं– बंगलादेशको बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका वरिष्ठ नेताले भारतसँग मिलेर

‘घरमै सुरक्षित छैनन् छोरी’

गोरखा – गत असार १४ गते जिल्ला प्रहरी कार्यालयमा एउटा

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा – गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि

लस एन्जलसमा कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

लस एन्जलस – अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान