मजदुरको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने प्रधानमन्त्रीको घोषणा (भिडियोसहित) « Khabarhub

मजदुरको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने प्रधानमन्त्रीको घोषणा (भिडियोसहित)


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले आउदो आर्थिक वर्षबाट श्रमिकको तलब न्यूनतम १५ हजार पुर्‍याउने घोषणा गरेका छन् । १३२औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा सन्देश जारी गर्दै उनले श्रमिकको तलब १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आगामी साउन १ गतेदेखि नै लागू हुने गरी १५ हजार पुर्‍याइने घोषणा गरेका हुन् ।

ओलीले बजेटमार्फत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने बताएका हुन् । ओलीले आर्थिक वर्ष २०७८/७९ बाट लागू हुनेगरी श्रमिक र कर्मचारीको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने बताएका हुन् ।

दैनिक पारिश्रमिक ५ सय १७ बाट बढाएर ५ सय ७७ र प्रतिघण्टा पारिश्रमिक रू ६९ बाट ७७ पुर्‍याइने घोषणा गरे ।

श्रमिक क्षेत्रको कानूनी विभेदलाई पनि अन्त्य गरिएको प्रधानमन्त्री ओलीको दाबी थियो । वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि सम्बन्धित देशसँग श्रमसम्झौता गरिएको उनको भनाइ छ ।

सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगायतका व्यवस्था देशभित्र गरिएकोले मजदुरको सुरक्षा भइरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ७ : १५ बजे

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने