भारत र अमेरिकासहित १० मुलुकको उडान रोक्न सिफारिस « Khabarhub

भारत र अमेरिकासहित १० मुलुकको उडान रोक्न सिफारिस


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाभाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

सीसीएमसीको शुक्रबार बेलुका बसेको बैठकले मुलुकभित्र कोरोनाको संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक उडान समेत बन्द गर्न सिफारिस गरेको हो ।

पर्यटनमन्त्री भानुभक्त ढकालका अनुसार कोरोना अतिप्रभावित मुलुकहरु भारत, अमेरिका, बेलायत लगायतका दश मुलुकबाट हुने उद्गम स्थलको उडानलाई रोक लगाउन सिफारिस गरिएको हो । उनले ट्रान्जिट हुँदै आउने विमानमा भने यो नियम लागू नहुने बताए ।

‘आन्तरिक उडान पनि बन्द गरौं भन्ने प्रस्ताव भएको छ । परिस्थिती भयावह भएको निष्कर्ष रह्यो’ मन्त्री ढकालले भने ।

सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषद्को आगामी बैठकले पारित गर्ने र त्यसपछि कार्यान्वयनमा जाने बताइएको छ । कोरोना भाइरसबाट अति प्रभावित भारतबाट हुने उडानमा रोक लगाउनुपर्ने सुझाव विज्ञहरुले दिँदै आएका थिए । बैठकले भारतसँगका २२ नाका बन्द गर्न पनि मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ८ : ०६ बजे

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण

बिदाको दिन प्रशासन खुलेपछि राष्ट्रिय परिचयपत्र बनाउन सहज

दमौली– सरकारी कार्यालयमा सामान्यतया सार्वजनिक बिदाका दिन सेवा प्रवाह हुँदैन

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मन्त्रालय तथा सैन्य स्रोतका अनुसार रणनीतिक यमनी प्रान्तमा हुथी

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

भद्रपुर– पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा