सरकारले काठमाडौंमा एक हजार शय्या थप्दै, अत्यावश्यक औषधी तीनदिनभित्र आपूर्ति हुने « Khabarhub

सरकारले काठमाडौंमा एक हजार शय्या थप्दै, अत्यावश्यक औषधी तीनदिनभित्र आपूर्ति हुने


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले काठमाडौँमा कोभिड-१९ उपचारका लागि एक हजार शय्या थप गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भिडियो सन्देश जारी गर्दै सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको बताउँदै भोलि (आइतबार) काठमाडौँमा एक हजार शय्या थप्ने बताएका हुन् ।

मन्त्री त्रिपाठीले कोभिड उपचारका लागि आवश्यक पर्ने औषधीहरु दुईतीन दिनमै ल्याइने जानकारी दिए । भारतमा संकट गहिरिँदा अक्सिजन आपूर्तिमा समस्या भएपनि आतंकित हुनपर्ने अवस्था नरहेको उनले बताए ।

‘सबै जिम्मा सरकारले लिएको छ । सरकार प्रतिबद्धता पूरा गर्न कटिबद्ध छ’ मन्त्री त्रिपाठीले भने ‘बाहिर प्रचार भएजस्तो सरकारले हातखुट्टा छाडेको छैन । जिम्मेवारीका साथ सरकार कर्तव्यपालनमा अघि बढेको छ ।’

भ्याक्सिन र अक्सिजन जोहो गर्न सरकार दत्तचित्त भएर लागेको जानकारी दिँदै मन्त्री त्रिपाठीले व्यवस्थापनमा भएको त्रुटीको नैतिक जिम्मेवारी मन्त्रीको हिसाबले आफूले लिने बताए ।

संक्रमणको दरलाई घटाउन निषेधाज्ञा महत्वपूर्ण रहेको बताउँदै उनले यसमा सहयोग गर्न आग्रह गरे ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १० : ०२ बजे

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना