ब्ल्याक फङ्गस : महामारीमाझ अर्को महामारी | Khabarhub Khabarhub

ब्ल्याक फङ्गस : महामारीमाझ अर्को महामारी



कोभिड–१९ को दोस्रो लहरबाट देश पूरै आक्रान्त छ । यो लहर अहिलेसम्ममा घट्नुपर्ने थियो । यस्तो भन्नु पर्दा मलाई दुःख लाग्छ तर पनि जनताको लापरवाह प्रवृत्तिले संक्रमण दर उच्च हुन पुग्यो । पहिलाभन्दा यस पटकको हाम्रो स्वास्थ्य प्रणाली खराब अवस्थामा देखिन्छ, नीति निर्माताको खराब योजनाका कारण यस्तो भएको हो ।

दोस्रो लहर शुरू भएपछि संक्रमण दर उच्च बिन्दुमा पुग्दैगर्दा भाइरस तीव्रगतिमा उत्परिवर्तन भयो । दोस्रो लकडाउनसँगै बढेको परीक्षण दर र तीव्रगतिको भ्याक्सिनेसन कार्यक्रमले गर्दा देशको अधिकांश भागको संक्रमण दरमा कमी आएको छ । जब स्वास्थ्यकर्मीहरू भाइरस नियन्त्रणमा लिएको अनुभूति गर्छन् तब फेरि संक्रमण दर बढ्दै जान्छ र भाइरसमा देखिने उत्परिवर्तनले चकित बनाइदिन्छ ।

मृत्युको अनुहार’– म्युकरमाइकोसिस

कोभिड–१९ को सफल ‘उपचार’ पछि घर फर्किएका बिरामी फेरि अस्पताल आउन थालेका छन् । उनीहरू नाकबाट कालो पदार्थ र मुखमा कालो दाग देखिएको गुनासो लिएर आउने गरेका छन् । केही व्यक्तिका लागि यो रोचक लागे पनि यो रोगको पहिला नै उपचार गरेका व्यक्तिका लागि भने यो अत्याशलाग्दो हुन सक्छ ।

यो म्युकरमाइकोसिसका कारण हुन्छ । म्युकरमाइकोसिस एक प्रकारको फङ्गस हो जसलाई म्युकोरालेस भनिन्छ । यो त्यसैका कारण हुने संक्रमण हो । भारतका सात राज्यले यसलाई एक प्रकारको महामारी घोषणा गरेका छन् ।

कोभिड वार्डसँगै राजधानी नयाँ दिल्लीमा म्युकर वार्ड स्थापना गरिएको छ । यो संक्रमणको प्रभावकारी उपचार हुन नसक्दा यसको यकिन तथ्यांक छैन । भारतमा यससम्बन्धी बिरामी मे २२ सम्ममा करिब ४ हजार जना छन् र यो संख्यामा वृद्धि हुने अनुमान छ ।

हामीले यो रोगलाई किन गम्भीरताका साथ लिनुपर्छ ?

पहिलो, कोभिडबाट संक्रमण भएका सबै बिरामीलाई यसको असर पर्न सक्छ । कोभिड कुन हदसम्मको खतरनाक थियो भन्ने कुराले यो संक्रमण सर्ने–नसर्ने निर्धारण गर्दैन । दोस्रो, यो रोगलाई खासै वास्ता नगर्दा यसको उपचारमा ढिलाइ भइरहेको छ । त्योभन्दा पनि महत्वपूर्ण के छ भने रोगको गम्भीरताका आधारमा म्युकरमाइकोसिसका कारण निधन हुने प्रतिशत ५० देखि १०० सम्म छ । यो रोगबाट प्रभावित मानिसमध्ये ५० प्रतिशतको ज्यान गएको देखिन्छ ।

ब्ल्याक र ह्वाइट फङ्गस

ब्ल्याक फङ्गसले म्युकरमाइकोसिसलाई प्रतिनिधित्व गर्छ, यो म्युकोरालेस समूहको फङ्गसबाट लाग्छ । यस्तै ह्वाइट फङ्गस अर्को फङ्गसको प्रकार एस्परगिलस र केडिन्डाबाट लागेको देखिन्छ । यो फङ्गसले हाम्रो शरीरका धेरै भागलाई प्रभावित गरेको देखिन्छ ।

प्रत्येक समूहका फङ्गसले शरीरका निश्चित भागलाई मात्रै असर पुर्‍याएको देखिन्छ । कोभिड–१९ का बिरामी यी दुवै प्रकारका फङ्गसबाट प्रभावित देखिन्छन् । ह्वाइट फङ्गसको तुलनामा ब्ल्याक फङ्गसका कारण धेरै मानिसको ज्यान गएको देखिन्छ । म्युकोरालेस प्रत्येक घरमा देखिने फङ्गस हो ।

स्टेरोइड एक प्रकारको लागु औषध हो, यसले भाइरसका कारण निम्तिएको रोग प्रतिरोधात्मक क्षमताको कमी झन् बढाउँछ । विडम्बना ! देशका चिकित्सकहरूले आवश्यक नपर्ने अवस्थामा पनि स्टेरोइड प्रयोग गर्न सल्लाह दिएको पाइयो ।

फलफूल र तरकारीजस्ता चिजमा र चिसो भुइँ, फोहरमैलामा, कुहिएका जीव अथवा रुखमा पनि देखिन्छ । यो फङ्गसले आफ्नो वीज हावामा छोड्छ र यो टाढासम्म पुग्न सक्छ । त्यसै कारणले हामीले यस प्रकारको फङ्गस धेरै पटक देख्छौँ ।

हाम्रो देशको वातावरण यो फङ्गस हुर्किन्छ । देशभरका अस्पतालमा गरिएको अनुसन्धानमा यो फङ्गसको वीज पाइएको छ ।

वीज पत्ता लाग्दा समेत हामीलाई किन यसको संक्रमण भएको छैन ?

यसको उत्तर सरल छ, त्यो हो हामीमा भएको दह्रो रोग प्रतिरोधात्मक क्षमता । म्युकरमाइकोसिसका सबै मामिलामा एक जोखिम हुन्छ । यसले प्रतिरक्षात्मक प्रणाली कमजोर बनाउँछ । खतराको सूची हैरान पार्ने खालको छ तर महामारीको यो समयमा यसका केही प्रकार भने महत्वपूर्ण छन् ।

कोभिड–१९ बाट संक्रमित मेरा एक बिरामी मधुमेह, मिर्गाैला र कलेजोको समस्या, क्यान्सर जस्ता रोगले पनि ग्रस्त थिए । स्वास्थ्य मन्त्रालयले कोभिड उपचारको मुख्य आधारमा स्टोरोइड र अन्य उच्च इम्युनोसप्रेसेन्ट टोसिलिजुमेव समावेश गरेको छ । हामीले भोकमारी छुटाउनु हुँदैन जसले हाम्रो धेरै जनसंख्याको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाएको छ ।

म्युकरमाइकोसिस लागेपछि त्यसले मानिसको अनुहार, नाक र आँखामा असर गर्छ र प्रभावित नसाको मृत्यु हुनसक्छ । यसले नाकबाट कालो पदार्थ निकाल्न सक्छ । अन्य लक्षणहरूमा दाँत कमजोर हुने, अनुहारको एक भाग सुन्निने, आँखा दुख्ने, टाउको दुख्ने हुन सक्छ । संक्रमण बढ्दै जाँदा यसले मान्छेको दिमागमा समेत असर पु¥याउन सक्छ, जसका कारण प्यारालाइसिस हुने खतरा रहन्छ ।

यो संक्रमण पत्ता लाग्नुभन्दा पनि यसको उपचार गर्न गाह्रो हुन्छ । यसको उपचारका क्रममा अनुहार, आँखा अथवा दिमाग जुन भागमा फैलिएको छ, त्यो भागको शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । यस प्रकारको फङ्गस दोहोरिएर आउन सक्ने हुँदा शल्यक्रिया पनि दोहोर्‍याउनुपर्ने हुन सक्छ । अर्कोतर्फ, सेतो फङ्गसले मान्छेको फोक्सोमा असर पुर्‍याउँछ र श्वासप्रश्वास प्रणालीमा असर पुग्न सक्छ ।

यति भन्दै गर्दा, सत्य के हो भने यो महामारीका दौरान भारतमा ब्ल्याक फङ्गसका रोगीको संख्या उच्च पाइएको छ । यो रोग पत्ता लागेका अन्य देशको तुलनामा भारतमा संख्या उच्च छ । हामीसँग अझै पनि यो रोगसँग जुध्ने स्पष्ट कार्यनीति छैन ।

ब्ल्याक फङ्गस कि कालो हाँस ?

ब्ल्याक फङ्गस संक्रमणको उत्पति कालो हाँससँग जोडिएको छ । पश्चिमा साहित्यमा यसलाई ‘दुर्लभ’ बताइए पनि विश्वका कुल संक्रमितको ४० प्रतिशत भारतमा पाइएका छन् । प्रत्येक दस लाख भारतीयमध्ये यो १४० जनामा देखिएको छ । यसले हाम्रो देश फङ्गस संक्रमणको मुख्य केन्द्रका रूपमा रहेको देखाउँछ ।

भारतलाई विश्वकै मधुमेहको राजधानीका रूपमा पनि लिइन्छ । यहाँ करिब ४ करोड मानिस मधुमेहका बिरामी छन् । अध्ययनले के पनि देखाउँछ भने भारतका ४७ प्रतिशत मानिसलाई मधुमेहको प्रभावका विषयमा जानकारी छ तर त्यसको एक तिहाइले मात्रै उपयुक्त उपचार लिने गरेका छन् ।

हामीले भारतको जनसंख्या हेर्ने हो भने धेरै मानिसमा कुपोषणको समस्या पाइन्छ । यसकारण पनि फङ्गस संक्रमणजस्ता रोगका लागि भारत एक जोखिमपूर्ण देश हो । कोभिड महामारीका कारण हाम्रो रोग प्रतिरोधात्मक क्षमता घटेको छ । अहिलेको अवस्था हाम्रो नियन्त्रणभन्दा बाहिर छ ।

हामीले कहाँ गल्ती गर्‍यौँ ?

कोभिड–१९ को उपचारका लागि अक्सिजनको आवश्यकता देखियो । बेलायतमा गरिएको एक परीक्षणअनुसार स्टेरोइड कम्तीमा १० दिन आवश्यक देखियो ।

स्टेरोइड एक प्रकारको लागु औषध हो जसले भाइरसका कारण निम्तिएको रोग प्रतिरोधात्मक क्षमताको कमीलाई बढाउने काम गर्छ । विडम्बना ! देशका विभिन्न ठाउँका चिकित्सकहरूले आवश्यक नपर्ने अवस्थामा पनि स्टेरोइड प्रयोग गर्ने सल्लाह दिएको पाइयो । बिरामी आफैँले पनि चिकित्सकको परामर्श विना स्टेरोइड जस्ता औषधिको सेवन गर्न थाले जो रोक्न सकिन्थ्यो ।

अर्को जोखिम बिरामी र बिरामी कुरुवाले रगतमा हुनुपर्ने ग्लुकोजको स्तरमा ध्यान नदिँदा देखिएको छ । स्टेरोइडले मानिसको रगतमा ग्लुकोजको मात्रा बढाउने सम्भावना हुन्छ ।

रगतमा ग्लुकोज बढ्दा फङ्गसको संक्रमण बढ्ने खतरा हुन्छ । मधुमेहका धेरै बिरामीले स्टेरोइड प्रयोग गरेको पाइन्छ, यस क्रममा उनीहरूले आफ्नो रगतमा भएको ग्लुकोजको स्तरमा खासै ध्यान दिएनन् । कोभिडका धेरै बिरामीले रगतमा सुगरको र स्टेरोइडको मात्रा बढाए ।

अक्सिजन थेरापी दोषको एउटा कारण हो । यो आश्चर्यजनक भए पनि सत्य हो । आवश्यक परेको बिरामीलाई अक्सिजन दिनुपर्छ तर अक्सिजनको स्रोतका विषयमा भने जानकार हुनु आवश्यक हुन्छ ।

औषधि प्रयोजनको अक्सिजन देशैभर अभाव भएको बेला औद्योगिक प्रयोगमा आउने अक्सिजन सिलिन्डर पनि भारत सरकारले अस्पतालमा प्रयोग गर्न निर्देशन दियो । भारतका राज्य सरकारले पनि नाइट्रोजन सिलिन्डरलाई अक्सिजन सिलिन्डरका रूपमा प्रयोग गर्ने अनुमति दिए ।

अर्को प्रकारको महामारी शुरू हुँदै गर्दा हामी त्यसको आरोप सरकार र गैरसरकारी संस्थामाथि थोपर्दै छौँ । यस प्रकारको आरोपमा अस्पताल र चिकित्सक पनि परेका छन् । अपेक्षा गरिएकै जस्तो सबैले उपचारको सहज उपाय खोज्नुको सट्टा म्युकरमाइकोसिसबाट बच्न अमृतखोज्न थालेका छन् ।

औद्योगिक प्रयोजनमा उत्पादन हुने अक्सिजन अस्पतालमा प्रयोग गर्ने किसिमको हुँदैन । त्यस्तो अक्सिजन कोभिडको बिरामीलाई प्रयोग गर्दा ब्याक्टेरिया र फङ्गसको संक्रमण फैलिने सम्भावना हुन्छ ।

यस्तै अक्सिजनलाई आद्रीकरण गर्न अस्पतालमा प्रयोग भएको पानी पनि फङ्गसको संक्रमण फैलाउने अर्को कारण हुनसक्छ । शुद्ध पानी प्रयोगको अभावमा फङ्गसको संक्रमण फैलिने सम्भावना हुन्छ ।

महामारीको दौरान यो रोगको उपचारमा ढिलाइ भएको छ । यस्तो हुनुमा धेरै कारण पनि छ । एउटा कारण चिकित्सकको सल्लाहविना घरमा औषधि सेवन गर्नु हो । मानिसहरूले चिकित्सकको सल्लाह लिनुको सट्टा वैकल्पिक उपायको अवलम्बन गर्ने गरेका छन् । यसले गर्दा बिमार झनै बढेको पाइएको छ ।

अर्को प्रकारको महामारी शुरू हुँदै गर्दा हामी त्यसको आरोप सरकार र गैरसरकारी संस्थामाथि थोपर्दै छौँ । यस प्रकारको आरोपमा अस्पताल र चिकित्सक पनि परेका छन् । अपेक्षा गरिएकै जस्तो सबैले उपचारको सहज उपाय खोज्नुको सट्टा म्युकरमाइकोसिसबाट बच्न ‘अमृत’ खोज्न थालेका छन् ।

ब्ल्याक फङ्गस विरुद्ध लड्न प्रभावकारी देखिएको एकमात्र औषधि ‘एम्फोटेरिसिन बी’ धेरै ठाउँमा अभाव छ । यो औषधिको कालोबजारी हुन थालेको छ । समयमै यसलाई नियन्त्रण गरिएन भने अवसरवादीहरूका लागि यो अर्को रेमडेसिविर हुन सक्नेछ ।

 

(डा. कुशल कालवित एक फिजिसिएन डाक्टर हुन् । उनी गत वर्ष कारोना महामारी शुरू भएदेखि भारतको मुम्बईस्थित टाटा मेमोरियल अस्पतालको सघन कक्षमा कार्यरत छन् । २३ मे २०२१ मा अब्जरर्भर रिसर्च फाउन्डेशनमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ८ : १० बजे

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका