कोरोना भाइरसको भेरियन्टलाई नयाँ नाम दिने डब्ल्युएचओको निर्णय « Khabarhub

कोरोना भाइरसको भेरियन्टलाई नयाँ नाम दिने डब्ल्युएचओको निर्णय


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसका नयाँ भेरियन्टलाई अब देशअनुसारको नाम नदिइने भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएच) ले तिनको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ ।

भाइरसको नयाँ भेरियन्टमा देशको नाम जोडिएको भन्दै भारत लगायतका मुलुकले गुनासो गरिरहँदा डब्ल्युएचओले नयाँ भेरियन्ट नामाकरणको नयाँ विधि निकालेको हो ।

डब्ल्युएचले अब यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरिअन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर चिनाउनेछ ।

जसअनुसार अब युके भेरिअन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिअन्टलाई बिटा अनि भारतीय भेरिअन्टलाई डेल्टा भनिनेछ ।

यसै महिनाको सुरुमा भारतीय सरकारले गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको B.1.617.2 भेरिअन्टलाई भारतीय भेरिअन्ट भनिएकोमा आलोचना गरेको थियो।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ८ : ४० बजे

गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै

मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा

‘कर्णाली उत्सव : कुडा कर्नाली’ सुरु

कर्णाली– ‘कर्णाली उत्सव : कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश

छैटौँ कटारी गोल्डकप : सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात

उदयपुर– कटारीमा शनिबारदेखि सुरु भएको छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’