जुका र चुर्नाबाट बच्न खानुहोस् यी ६ कुरा « Khabarhub

जुका र चुर्नाबाट बच्न खानुहोस् यी ६ कुरा


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रा शरीरभित्र विभिन्न परजीविहरू हुन्छन् । ती परजीविहरूले हाम्रो शरीरको पोषणहरू सोसेर खाइदिइरहेको हुन्छ।

मानव शरीरका लागि हानिकारक तर हाम्रो शरीरभित्रै डेरा जमाएर बसेका त्यस्ता परजीविहरूलाई मार्नका लागि प्राकृतिक रुपमा नै केही खानेकुराहरू पनि पाइन्छन् । आउनोस्, त्यस्ता स्वस्थकर, मानावोपयोगी खानेकुराहरूबारे जानीराखौँ।

बेसारः बेसारलाई चमत्कारी खानकुरा मानिन्छ । बेसारले शरीरभित्र रहेका जुकाहरू लगायत अन्य विभिन्न परजीविहरूलाई मारेर शरीरबाट बाहिर निस्कासन गर्न मद्दत गर्छ।

ल्वाङः ल्वाङमा कार्योफिलिन (Caryophyllene) पाइन्छ । रगतमा ल्वाङमा पाइने त्यो तत्व मिसिएपछि शरीरभित्र रहेका परजीविहरू, तिनका अण्डा र लार्भालाई मारिदिन्छ।

लसुनः ताजा लसुनमा एलिसिन (Allicin) पाइन्छ । यो एलिसिन प्राकृतिक रुपमै पाइने त्यस्तो प्रभावशाली एन्टिबायोटिक्स हो, जसले २० किसिमका व्याक्टेरियाहरू, ६० किसिमका ढुसी (फङ्गस) र केही खतरनाक भाइरसहरूलाई समेत मारिदिन्छ।

फर्सीको बियाँः फर्सीको बियामा क्युकुरविटासिन (Cucurbitacin) पाइन्छ । यसमा पनि प्रतिजैविक तत्त्वहरू पाइन्छ। त्यसले शरीरमा भएरका परजीविहरू र तथा तिनका लार्भाहरूलाई पक्षघात गराएर निष्क्रिय बनाइदिन्छ।

मेवाका दानाः मेवाका दानाले शरीरभित्र टेपवर्म र अन्य विभिन्न किसिमका परजीवि एवं जुकाहरूलाई मारिदिन्छ।

अदुवाः शरीरभित्र रहेका जुकालगायतका परजीविहरूलाई मार्नको लागि अदुवा पनि एउटा प्रभावकारी खानेकुा हो। यसले आन्द्राको संक्रमणबाट हामीलाई बचाउँछ र आमाशयमा एसिडको नियमित उत्पादनमा पनि सहयोग पुर्याउँछ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १ : २३ बजे

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ

सुनसरी घटनाबारे सरकार : संयमता अपनाउन अपिल

काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्