हारेको मानसिकताले ओलीले कानून व्यवसायीको मानमर्दन गरे : डा.कोइराला | Khabarhub Khabarhub

हारेको मानसिकताले ओलीले कानून व्यवसायीको मानमर्दन गरे : डा.कोइराला


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले कानून व्यवसायीहरुमाथि गरेको मानमर्दन हारेको मानसिकताको उपज भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार युवा संघको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन अवस्था तथा कुन हैसियतमा पुर्‍याउँदैछन् भन्ने टिप्पणी गरेलगत्तै कांग्रेस नेता कोइरालाको यस्तो टिप्पणी आएको हो ।

ओलीले कानून व्यवसायीलाई लगाएको आरोप उनीहरूले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको उपहास समेत भएको उनले बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा कोइरालाले प्रधानमन्त्रीको न्यायालय र वकिलहरु प्रतिको टिप्पणी भन्दै लेखेका छन्,’उनीहरुले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका विर्सेको मात्र नभई हारेको मानसिकताको उपज,लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन,अधिनायकबादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह वन्ने चाहना।सजग बनौं, सबै क्षेत्रबाट सशक्त प्रतिकार गरौं।

आजै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि ओलीको आलोचना गरेका छन् । कोइरालाले ओली गणतन्त्रसम्म आइपुग्दा भएको विगतको उनको आन्दोलनमा पनि प्रश्न उठाएका छन् ।

‘हामी सबै गणतन्त्रको आन्दोलनमा होमिँदा वर्तमान प्रधानमन्त्री गणतन्त्रबारे बयलगाडा चढेर अमेरिका पुगिन्न भन्नुहुन्थ्यो । तर, ती सबै वकिलहरु कालोकोटमा हामीसँगै आन्दोलनमा र कतिपय त जेलमै थिए’ कोइरालाले भनेका छन्, ‘आज ती वकिलहरुको मानमर्दन गर्दा उनीहरुको लोकतन्त्रप्रतिको निष्ठामा चोट पुगेको छ । कति चाँडै बिर्सन सकेको उनीहरुको योगदान ?’

तानाशाहहरुको पतन न्यायलयले गरेको समेत उनले स्मरण गराएका छन् ।  ‘तानाशाहहरुको पतन न्यायालयले गरेको उदाहरण खोज्न अन्त जानुपर्दैन, हाम्रै देशमा सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपालमा गणतन्त्र आएको नहुन सक्थ्यो,’ कोइरालले लेखेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ११ : ५० बजे

आम्दानीको स्रोत बन्दै भैंसे सिमी

दोलखा– जिल्लाको जिरी नगरपालिका-६ बुलडाँडा गाउँका स्थानीय शेर्पा समुदायले तरकारी

बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका

सहकर्मीबाटै किशोरीको ह*त्या, युवक पक्राउ

धनगढी– कैलालीमा १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

कैलाली– यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी

अन्तरविरोधका बीच माओवादी केन्द्रको बैठक, समसामयिक विषयमा छलफल

काठमाडौं- नेकपा माओवादी केन्द्रमा पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड