जसपा विवाद : यादव पक्षद्वारा अध्यक्ष ठाकुरसहित चार नेता निष्कासन | Khabarhub Khabarhub

जसपा विवाद : यादव पक्षद्वारा अध्यक्ष ठाकुरसहित चार नेता निष्कासन


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विवाद झन बढेको छ । जसपाको उपेन्द्र यादव समूहले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको छ ।

मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । निष्कासनमा पर्नेमा अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छन् ।

उनीहरूलाई कारबाही गरिएकोबारे यादव पक्षले निर्वाचन आयोगलाई पनि जानकारी गराएको जनाएको छ । कारबाहीमा परेका नेताहरूलाई यादव पक्षले दुई पटक स्पष्टीकरण सोधेको थियो ।

पछिल्लो समय २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । तर, ठाकुर पक्षले भने जवाफ दिएको थिएन । उल्टै ठाकुर पक्षले पनि यादव पक्षलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

जसपामा यादव र डा. बाबुराम भट्टराई एउटा पक्ष र ठाकुर र महतो अर्को पक्षमा देखिएका छन् । यादव पक्षले विपक्षी गठबन्धनलाई साथ दिएको छ भने ठाकुर पक्षले सत्तारुढ नेकपा एमालेलाई साथ दिएको छ ।

ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरी सरकारमा समावेश हुने सहमति समेत गरिसकेको छ । ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित ठाकुर पक्ष सरकारमा जाने अन्तिम तयारीमा छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  २ : ३५ बजे

जेन-जी आन्दोलनमा गोली लागेर घाइते भएका अनिल सहाराविहीन (तस्बिरहरू)

काठमाडौं– बूढानीलकण्ठको एउटा घर, त्यही घरमा भाडाको सानो कोठा, कोठाको

माफी माग्दै योगेशले भने : बदलिएका अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकेनौँ

काठमाडौं- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले जेन–जी आन्दोलनपछि आत्मालोचना

फूलपाती नजिकिँदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्दै

काठमाडौं– बडादशैं अन्तर्गत फूलपाती नजिकिँदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या

दुई महिनामा ७० अर्ब ऋण थपेको थियो ओली सरकारले

काठमाडौं– तत्कालीन केपी ओली नेतृत्वको एमाले–कांग्रेस सहितको गठबन्धन सरकारले चालु

लहान वितरण केन्द्रमा ४४ करोडभन्दा बढी विद्युत् बक्यौता

सिरहा– नेपाल विद्युत् प्राधिकरणको लहान वितरण केन्द्रमा बक्यौता रकम ४४