युरोकपमा कसले जित्ला गोल्डेन बुट ? यी हुन् पाँच दाबेदार « Khabarhub

युरोकपमा कसले जित्ला गोल्डेन बुट ? यी हुन् पाँच दाबेदार


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जारी युरोकप फुटबलमा शुक्रबारदेखि क्वाटरफाइनलका खेल हुँदैछन् ।

क्वाटरफाइनलमा बेल्जियम, इटाली, स्पेन, स्वीट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले स्थान बनाएका छन्  । तर गोल्डेनबुटमा भने अन्तिम १६ बाट बाहिरिएका टिमका खेलाडीको पनि दाबेदारी छ ।

४४ खेल सकिँदा  कुल १ सय २३ गोल भएको छ । यस संस्करण गोल्डेन बुटको दाबेदारको शीर्ष स्थानमा क्रिस्टियानो रोनाल्डो रहेका छन् ।

पोर्चुगिज कप्तान रोनाल्डोले ४ खेलमा ५ गोल गर्दै अवार्डको मुख्य दाबेदारी पेस गरेका छन् ।

रोनाल्डोलाई चेक गणतन्त्रका प्याट्रिक शिकले पछ्याईरहेका छन् । उनले ४ गोल गरेका छन् । उनलाई रोनाल्डोलाई पछि पार्ने मौका रहेको छ ।

यस्तै बेल्जियमका रोमेलु लुकाकु, स्वीट्जरल्यान्डका हरिस सेफेरोभिच र इंग्ल्यान्डका रहिम स्ट्रर्लिङ पनि गोल्डेन बुटको दौडमा रहेका छन् । उनीहरुले ३ गोल गरेका छन् ।

फ्रान्सका करिम बेन्जिमा, स्वीडेनका इमिल फोर्सवर्गले ४ गोल गरे पनि गोल्डेन बुटको दौडबाट बाहिरिएका छन् ।

यी हुन् धेरै गोल गर्ने खेलाडी

१. क्रिस्टियानो रोनाल्डो – ५

२ .प्याट्रिक शिक – ४

३ . रोमेलु लुकाकु – ३

४. रहिम स्ट्रर्लिङ – ३

५ . हरिस सेफेरोभिच- ३

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ९ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै