क्षुद्रग्रह दिवस मनाइँदै « Khabarhub

क्षुद्रग्रह दिवस मनाइँदै


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल एष्ट्रोनोमिकल सोसाइटीले क्षुद्रग्रह दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छ ।

विश्वका विभिन्न देशमा सन् २०१५ देखि यो दिवस मनाउन थालिएको हो । सन् २०१६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यो दिवसलाई मान्यता दिएपछि भने सन् २०१७ देखि धेरै देशले मनाउन थालेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

सोसाइटीले सन् २०१७ र २०१८ मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) सँग मिलेर दिवस मनाएको थियो । सौर्यमण्डल बन्दा अवशेषका रूपमा मङ्गल र बृहस्पति ग्रहका बीचमा रहेको भागलाई क्षुद्रग्रह भनिन्छ । यी ग्रह पृथ्वीलाई पार गरेर जान सक्ने भएकाले खतरा रहेको अध्यक्ष भट्टराई बताउँछन् ।

सन् १९०८ मा रसियास्थित साइबेरियाको जङ्गली क्षेत्रमा सानो क्षुद्र ग्रह आएर टुङुस्का नामको घटना भएको उनले सुनाए । जङ्गली क्षेत्रमा ठोक्किएकाले वन सखाप भएको थियो । यसैले पृथ्वीलाई खतरा हुन सक्ने क्षुद्रग्रहको अध्ययन अनुसन्धान गरिनु पर्ने माग सोसाइटीले राख्दै आएको छ ।

सोसाइटीले सन् २०१६ देखि क्षुद्रग्रह खोज अभियान शुरु गरेको छ । यसक्रममा सन् २०२१ को मेसम्म एक हजार १९४ क्षुद्रग्रह सोसाइटीकै नेतृत्मा भएको खोजबाट पत्ता लागेको छ ।

यीमध्ये ११ वटाले अस्थायी नाम पाएका छन् । एउटा भने पृथ्वीका लागि खतरनाक रहेको छ । यसको नाम २०१९ के के ५ राखिएको छ । यी ग्रह पृथ्वीको कक्ष काटेर जाने बेलामा खतरा मानिन्छन् । क्षुद्रग्रहलाई नाङ्गो आँखाले देख्न सकिँदैन ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  १० : ५५ बजे

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ