स्वास्थ्य समस्या भन्दै रिहा भए ठगी मुद्दाका अभियुक्त « Khabarhub

स्वास्थ्य समस्या भन्दै रिहा भए ठगी मुद्दाका अभियुक्त


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली सेनाका सहायक रथी हेमराज केसीले ठगी मुद्दा अभियुक्तलाई संरक्षण गर्ने गरेको पाइएको छ ।

सिरहाको चौहरबास्थित २७ बाहिनी अड्डाका सायक रथी केसीले ठगी मुद्दाका अभियुक्त प्रेमकुमार मल्ललाई उम्काउने प्रयास गरेको पाइएको हो ।

ठगी मुद्दाका अभियुक्त मल्ल सहायक रथी केसीका सम्धी हुन् । केसीले एसपी र वकिलसँग आर्थिक लेनदेन गरी स्वास्थ्य समस्या भन्दै रिहा गराएका छन् । ठगी मुद्दाका अभियुक्त ललितपुर सानेपाका ठेकेदार मल्ल प्रेरा निर्माण सेवाका सञ्चालक हुन् ।

मल्ल सोमबार नै जिल्ला प्रहरी कार्यालय धनुषामा हाजिर भएका थिए । तर, सरोकारवाला निकायको सेटिङमा त्यही दिन बेलुका रिहा भएका छन् ।

सहायक रथी केसीले एसपी रानाभाट र सरकारी वकिल सिताराम अर्यालसँग सेटिङ मिलाएर रिहा गराएका छन् ।

कागजमा मल्ल मंगलवार राति थुनामा बसेर बुधवार रिहा भएपनि उनी हिरासतमा नबसेको स्रोतको दावी छ । स्वास्थ्यको बहाना देखाउँदै जिम्मा जमानीमा रिहा भएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए ।

‘स्वास्थ्यको कारणले जिम्मा जमानीमा छाडेका छौं,’ उनले भने, ‘कसले जिम्मा लिएको छ, त्यो भन्न मिल्दैनन् । अनुसन्धान भइरहेको छ ।’
यसविषयमा अरु धेरै जानकारी नभएको भन्दै उनले थप कुरा डीएसपीसँग बुझ्न भने ।

के भएको थियो ?

ठेकेदार मल्लसँग जनकपुरका राजकुमार गुप्ता पार्टनरसीपमा ठेकापट्टाका काम गर्दै आएका थिए । दुई करोड लगानीमा तीन वर्ष अघि गुप्ताले जनकपुर थापा चोकको २२ धुर जग्गा मल्लको नाममा पास गरिदिएका थिए । तर त्यो जग्गा सम्झौता विपरित गुपचुप बेचेपछि मल्लमाथि गुप्ताले ठगी मुद्दा दर्ता गराएका हुन् ।

फिर्ता गर्ने सर्तमा पास गरेको जग्गाको मुल्य अहिले १० करोड पुगेको छ । सरकारी वकिल अर्यालले मुद्दा नै खारेज गर्ने तयारी गरेका छन् । मुद्दा बारे प्रहरीसँग बुझ्न खोज्दा आफू समक्ष खुलेरै सरकारी वकिलले मुद्दा खारेज हुन्न भनेको पीडित गुप्ताले बताए ।

ठगी मुद्दा चलेपछि ठेकेदार मल्लको सम्पत्ति र बैंक खाता पनि प्रहरीले रोक्का गरेको छ । त्यसैले मुद्दा खारेज गर्न लगाएर सम्पत्ति र बैंक खाता फुकुवा गराउन मल्ल लागिपरेका छन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  १२ : ३९ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै