स्वास्थ्य समस्या भन्दै रिहा भए ठगी मुद्दाका अभियुक्त | Khabarhub Khabarhub

स्वास्थ्य समस्या भन्दै रिहा भए ठगी मुद्दाका अभियुक्त


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली सेनाका सहायक रथी हेमराज केसीले ठगी मुद्दा अभियुक्तलाई संरक्षण गर्ने गरेको पाइएको छ ।

सिरहाको चौहरबास्थित २७ बाहिनी अड्डाका सायक रथी केसीले ठगी मुद्दाका अभियुक्त प्रेमकुमार मल्ललाई उम्काउने प्रयास गरेको पाइएको हो ।

ठगी मुद्दाका अभियुक्त मल्ल सहायक रथी केसीका सम्धी हुन् । केसीले एसपी र वकिलसँग आर्थिक लेनदेन गरी स्वास्थ्य समस्या भन्दै रिहा गराएका छन् । ठगी मुद्दाका अभियुक्त ललितपुर सानेपाका ठेकेदार मल्ल प्रेरा निर्माण सेवाका सञ्चालक हुन् ।

मल्ल सोमबार नै जिल्ला प्रहरी कार्यालय धनुषामा हाजिर भएका थिए । तर, सरोकारवाला निकायको सेटिङमा त्यही दिन बेलुका रिहा भएका छन् ।

सहायक रथी केसीले एसपी रानाभाट र सरकारी वकिल सिताराम अर्यालसँग सेटिङ मिलाएर रिहा गराएका छन् ।

कागजमा मल्ल मंगलवार राति थुनामा बसेर बुधवार रिहा भएपनि उनी हिरासतमा नबसेको स्रोतको दावी छ । स्वास्थ्यको बहाना देखाउँदै जिम्मा जमानीमा रिहा भएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए ।

‘स्वास्थ्यको कारणले जिम्मा जमानीमा छाडेका छौं,’ उनले भने, ‘कसले जिम्मा लिएको छ, त्यो भन्न मिल्दैनन् । अनुसन्धान भइरहेको छ ।’
यसविषयमा अरु धेरै जानकारी नभएको भन्दै उनले थप कुरा डीएसपीसँग बुझ्न भने ।

के भएको थियो ?

ठेकेदार मल्लसँग जनकपुरका राजकुमार गुप्ता पार्टनरसीपमा ठेकापट्टाका काम गर्दै आएका थिए । दुई करोड लगानीमा तीन वर्ष अघि गुप्ताले जनकपुर थापा चोकको २२ धुर जग्गा मल्लको नाममा पास गरिदिएका थिए । तर त्यो जग्गा सम्झौता विपरित गुपचुप बेचेपछि मल्लमाथि गुप्ताले ठगी मुद्दा दर्ता गराएका हुन् ।

फिर्ता गर्ने सर्तमा पास गरेको जग्गाको मुल्य अहिले १० करोड पुगेको छ । सरकारी वकिल अर्यालले मुद्दा नै खारेज गर्ने तयारी गरेका छन् । मुद्दा बारे प्रहरीसँग बुझ्न खोज्दा आफू समक्ष खुलेरै सरकारी वकिलले मुद्दा खारेज हुन्न भनेको पीडित गुप्ताले बताए ।

ठगी मुद्दा चलेपछि ठेकेदार मल्लको सम्पत्ति र बैंक खाता पनि प्रहरीले रोक्का गरेको छ । त्यसैले मुद्दा खारेज गर्न लगाएर सम्पत्ति र बैंक खाता फुकुवा गराउन मल्ल लागिपरेका छन् ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  १२ : ३९ बजे

च्याम्पियन्स लिग : रियल मड्रिड र बायर्न म्युनिखको बराबरी

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र

आईपिएलको छायामा भारतको विश्वकप टिम घोषणा

आज अर्थात् मे १ विश्वकप टी-२० क्रिकेटका लागि छनोटको अन्तिम

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट

काभ्रे– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५

आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौं– आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम