कोरोना संक्रमण बढेपछि बन्द भएको आन्तरिक उडान सञ्चालन « Khabarhub

कोरोना संक्रमण बढेपछि बन्द भएको आन्तरिक उडान सञ्चालन


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणका कारण बन्द गरिएको नेपालको आन्तरिक हवाई उडान बिहीबारबाट सञ्चालन भएको छ ।

नयाँ भेरियन्ट भनिएको कोभिड–१९ को संक्रमण चेन ब्रेक गर्न वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६८ औं दिनपछि बिहीबारदेखि सञ्चालनमा आएको हो ।

नागरिक उड्डयन प्राधिकरणले हाललाई जुलाई महिनाभरका लागि मात्रै दैनिक ६७ वटा उडान तालिका स्वीकृत गरेको जनाएको छ ।

विमानस्थलकाअनुसार, कोभिड संक्रमण फैलिन सक्ने भएकाले प्रत्येक उडानलाई १५ मिनेटको अन्तर राखेर उड्ने अनुमति दिइएको छ । आन्तरिक उडान सुरु भएसंगै आन्तरिक टर्मिनलमा यात्रुहरुको भीड बढेको छ ।

प्राधिकरणले यदि कुनै जिल्लामा कोरोना संक्रमणको दर बढेर निषेधाज्ञा लागू हुनसक्ने भएमा ती जिल्लामा रहने डीसीसीएमसीसँग समन्वय गर्न, यात्रुलाई विमानस्थलसम्म ल्याउन, पुर्‍याउन वा टिकट रद्ध गर्न सहजीकरण गर्न सम्बन्धित वायुसेवालाई नै भनेको छ ।

यो पटकको उडानमा पनि यात्रुले अनिवार्य मास्क, भाइजरको व्यवस्था गरिएको छ । विमानस्थलमा कर्मचारीले अनिवार्य ज्वरो नाप्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ६ : ०१ बजे

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार