टोकियो ओलम्पिक : आज धेरै खेलको पदक टुङ्गो लाग्दै, सुधारको अपेक्षामा अमेरिका « Khabarhub

टोकियो ओलम्पिक : आज धेरै खेलको पदक टुङ्गो लाग्दै, सुधारको अपेक्षामा अमेरिका


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियोमा जारी ओलम्पिक खेलकुदमा अपेक्षाकृत खराब र कमजोर  प्रदर्शन गरिरहेको अमेरिका र अग्रता लिइरहेको चीनका लागि आइतबार निकै महत्वपूर्ण दिन हुनेछ ।

प्रतियोगिता अगावै धेरै खेल पण्डितहरुको अनुमान अनुसार आइतबार बेलुकासम्ममा अमेरिकाले तालिकामा अग्रता लिनेछ । तर, जसरी अमेरिकी खेलाडीहरूको प्रदर्शन रहँदै आएको छ त्यसलाई आधार मान्ने हो भने यो सम्भावना न्यून छ ।

आइतबार गल्फको चौथो स्ट्रोक प्ले  हुनेछ । योसँगै पदकको टुङ्गो लाग्ने छ । तेस्रो स्ट्रोकसम्ममा झिनो अग्रता लिएका अमेरिकी खेलाडी अन्तिम चरणमा सम्हालिन सक्छन् या सक्दैनन् भन्ने मुख्य चासो छ ।

आज पौडीका पाँच स्वर्ण पदकको टुङ्गो लाग्नेछ । ५० मिटर फ्री स्टाइलमा अस्ट्रेलियाकी अम्मा म्याककोन बलियो लयमा रहेकी छिन् । उनले नै स्वर्ण जित्ने अनुमान धेरैको छ ।

यसबाहेक पुरुष ५० मिटर फ्रिस्टाइलमा अमेरिकाका केलेब ड्रेसेलका लागि बेलायतका ब्रेन प्राउड र दक्षिण अफ्रिकी ब्रुनो  फ्राटसको चुनौती रहनेछ ।

पुरुष र महिला मेड्ली रिलेमा अमेरिका दाबेदारको रूपमा प्रतियोगितामा सहभागी थियो । प्रतियोगिताको दौरान अमेरिकाका पुरुषतर्फ  ब्रेस्टस्टेक र महिलामा फ्रिस्टाइलको पौडीबाज कमजोर रहेपछि दुवैमा स्वर्ण जित्ने सम्भावना कमजोर रहेको छ ।

प्रायः युरोपेलीहरूको प्रभाव रहेको स्पर्धामा अमेरिकी रोबर्ट फीन्केले ८ सय मिटरमा स्वर्ण जितेका कारण उनको प्रदर्शनमा धेरेको आँखा रहेको छ । समग्रमा बिहान  अमेरिकाको सम्भावना शून्यदेखि ४ स्वर्ण सम्म मानिएको छ । यसमा  दुई स्वर्ण जितेमा सो टोलीको अहिलेको अवस्थामा राम्रो  नै ठानिनेछ ।

एथलेटिक्सको महिला सट पुटको स्पर्धामा चीनले  स्वर्ण जित्ने सम्भावना बलियो रहेको छ । जिम्न्यास्टिकमा चार स्वर्ण पदकको टुङ्गो लाग्ने छ ।

पुरुषका दुई स्पर्धामा रुस ओलम्पिक कमिटी, जापान र चीनका खेलाडीका बीचमा प्रतिस्पर्धा हुनेछ । महिलामा अमेरिकी स्टार  सिमोन वाइल्सले यी दुवै प्रतियोगिता त्यागेकी छिन् । भल्टमा ब्राजिल या चीनका खेलाडीको बिचमा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

यसै गरी, अनइभन  बारमा रुसी ओलम्पिक कमिटी र अलराउण्डकी स्वर्ण विजेता सुनी लीका बिचमा प्रतिस्पर्धा हुनेछ ।

एथलेटिक्सको महिला ट्रिपल जम्पमा भेनेजुएलाकी रोजास युलिमार बलियो दाबेदार रहेकी छिन् । पुरुष सय मिटर  दौडमा टोमस ब्रोमेल बलियो दाबेदारको रूपमा हेरिएका भए पनि हिट चरणमा आफ्नै हिटमा चौथो  भएर वेस्ट  लुजरको आधारमा उनी सेमिफाइनल प्रवेश गरेपछि यो अनुमानको बारे पनि धेरेको आशङ्का गरिएको छ ।

ब्याडमिन्टनको महिला एकलमा शीर्ष बरियताकी चीनकी चेन यु फाइ र दोस्रो बरियताकी चाइनीज  ताइपेईकी ताइ झु यिङ्का बीच खेल हुनेछ ।

साइक्लिङको बिएम एक्स फ्री स्टाइलमा महिला र पुरुषकै फाइनल आइतबार हुनेछ । डाइभिङको तीन मिटर स्प्रिङबोर्डको फाइनल हुनेछ । यस स्पर्धामा चीनको स्वर्ण पदक लगभग निश्चित मानिएको छ ।  फेन्सिङमा पुरुष टिम फोइलको पदकको टुङ्गो आइतबार नै लाग्नेछ ।

सेलिङमा महिला र पुरुषकै वान पर्सन डन्हेको पदकको टुङ्गो लाग्नेछ । टेनिसमा आइतबार तीन स्वर्ण पदकको टुङ्गो लाग्नेछ । महिला युगलमा चेक गणतन्त्रका क्रेजिकोभा र साइनाकोभाका बीच खेल हुनेछ ।

पुरुष एकलमा जर्मनीका अलेक्जेन्डर जाभेरेभ र रुस ओलिम्पक कमिटीका खाचेनीकोभ कारेनका बीचमा खेल हुनेछ ।  मिश्रित युगलमा दुई रुसी जोडी फाइनलमा प्रवेश गरेका छन् ।

भारोत्तोलनको ७६ किलोको स्पर्धा हुनेछ । इक्वेडरकी डोल्मेस बारिया यस खेलको महत्वपूर्ण खेलाडीको रूपमा रहेकी छिन्  ।

–एसेन्सीहरूको सहयोगमा

 

 

 

 

 

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ७ : ५५ बजे

फोटो लाइब्रेरीले खिँचेको तोसिमा कार्कीको फोटोमा कसले गर्‍यो छेडखानी ?

काठमाडौँ – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह