दुई विश्वविद्यालयबीच शैक्षिक सहकार्य गर्ने सम्झौता « Khabarhub

दुई विश्वविद्यालयबीच शैक्षिक सहकार्य गर्ने सम्झौता


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शैक्षिक सहकार्यका लागि मध्यपश्चिम विश्वविद्यालय र स्पेनको बास्क कन्ट्री विश्वविद्यालयबीच सम्झौता गरिएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र बास्क कन्ट्री विश्वविद्यालय तर्फबाट समकक्षी रेक्टर मारिया इभा फेरेरिया गार्सियाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता सन् २०२१ मे १९ मा भए पनि केही प्राविधिक कुरामा थप सहजीकरण गरिएपछि आज सार्वजनिक गरिएको विश्वविद्यालयले जनाएको छ ।

दुई विश्वविद्यालयबीच अनुभव तथा वैज्ञानिक ज्ञान आदान–प्रदान गर्दै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको वृत्तिविकासका साथै समाज सेवामा योगदान पुर्‍याउनु उक्त सम्झौताको उद्देश्य रहेको जनाइएको छ ।

त्यस्तै दुई राष्ट्रबीच आपसी साँस्कृतिक, वैज्ञानिक र शैक्षिक सम्बन्ध बलियो बनाउने र दुवै विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुको आदान–प्रदानका साथै शैक्षिक सम्बन्ध बढाउने पनि सम्झौतामा उल्लेख छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १२ : ४८ बजे

स्वर्णलक्ष्मी सहकारी ठगी : काठमाडौँ जिल्ला अदालतमा पुगेर रवि लामिछानेले लिए तारिख

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत

पहिरोका कारण विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

मान्म– जिल्लाको नरहरिनाथ गाउँपालिका-३ मा रहेको रमा माध्यमिक विद्यालयको निर्माणाधीन

चारपटक म्याथ थपेर कालिकाको प्रशासकीय भवन सम्पन्न : निर्माण कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– यहाँस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत

एमाले अध्यक्ष ओली अदालत नजाने : भर्चुअल हाजिर हुने

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष केपी

महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरी परिसरमा शोभा पाठक

काठमाडौं– नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न