साउन ३० लाई सर्‍यो माओवादीको केन्द्रीय समिति बैठक | Khabarhub Khabarhub

साउन ३० लाई सर्‍यो माओवादीको केन्द्रीय समिति बैठक


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक १० दिनपछि सरेको छ । बैठक आगामी साउन ३० गतेलाई बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

साउन २० गतेलाई बोलाइएको बैठक ३० गतेलाई सारिएको श्रेष्ठले बताए ।

त्यस्तै बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै बैठकले गठबन्धनकका दलको कामलाई व्यवस्थित बनाउने र सरकार विस्तारको काम छिटै गर्ने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता श्रेष्ठले स्थायी कमिटीको बैठक भोलि ३ बजे पुनः बस्ने बताए । भोलिको बैठकले मन्त्रिपरिषद विस्तार गर्न पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने निर्णय भएको बताए ।

त्यसका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलका नेतासँग मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

माओवादी केन्द्रले दार्चुलामा भएको तुइन घटनाको विषयमा छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । जनता समाजवादी पार्टी (जसपा) को वैधानिकता विवाद र गठबन्धनमा सामेल रहेको नेकपा एमालेको नेता माधवकुमार नेपाल पक्षको निर्णय आउन ढिलो भएपछि सरकारको पूर्णतामा ढिला भएको पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  २ : ४० बजे

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी

तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा

काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

देशभर फैलियो मनसुन

काठमाडौं– यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ ।

वालिङमा हल गोरु पाल्ने किसानलाई अनुदान, प्रतिहल कति ? 

वालिङ– स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान

‘सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार सवारी दुर्घटनाबाट हुने