वीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, ४ जना घाइते (फोटोफिचर) « Khabarhub

वीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, ४ जना घाइते (फोटोफिचर)


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वीर अस्पतालका स्वास्थ्यकर्मी र प्रहरीबीच झडप भएको छ । स्वास्थ्यकर्मी तथा कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्ताक्षेप गरेपछि झडप भएको कर्मचारी दीपक मुडभरीले बताए ।

अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको उनले बताए । झडपमा ४ जना घाइते भएका छन् ।

सरकारले कोभिड १९ नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने घोषणा गरेपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । डा. गौतम वीर अस्पतालको प्रमुख भएर गए पनि अस्पतालको सेवामा कुनै सुधार नभएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको पनि बताएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ५ : १५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु