'क्यूआर कोड’ सहितको खोपको प्रमाणपत्र नदिएको भन्दै श्रमिक आन्दोलित | Khabarhub Khabarhub

‘क्यूआर कोड’ सहितको खोपको प्रमाणपत्र नदिएको भन्दै श्रमिक आन्दोलित


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नागरिकहरुले कोरोना खोप लगाएको ‘क्यूआर कोड’ सहितको प्रमाण पत्र नदिएको भन्दै प्रदर्शन गरेका छन् ।

आइतबार काठमाडौंको भद्रकालीमा उनीहरुले ‘क्यूआर कोड’ सहितको प्रमाण पत्रबिना वैदेशिक रोजगारमा जान नपाएको भन्दै प्रदर्शन गरेका हुन् ।

वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारले खोपको व्यवस्था गरेपनि विभिन्न देशहरुले खोप लगाएको प्रमाणित गर्न ’क्यूआर कोड’सहितको प्रमाण पत्र माग्ने गरेको उनीहरुको भनाइ छ ।

सरकारले भने खोप लगाएको ’क्यूआर कोड’ भएको प्रमाण पत्र दिन चासो नदेखाएपछि आफुहरु समस्यामा परेको उनीहरुको भनाइ छ ।

खोप लगाएर कुवेत फर्कन ‘क्यूआर कोड’ भएको प्रमाण पत्र दिने भनिएतापनि अहिलेसम्म त्यसको कुनै सुरुवात नै नभएको उनीहरुको गुनासो छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ५ : ३३ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर