एन्फा र चरक मेमोरियल अस्पतालबीच खेलाडीको उपचार सम्झौता « Khabarhub

एन्फा र चरक मेमोरियल अस्पतालबीच खेलाडीको उपचार सम्झौता


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र चरक मेमोरियल अस्पताल पोखराका बीचमा स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ ।

नेपालमा पहिलो पटक असोज २ देखि २२ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने राष्ट्रिय फुटसल ‘ए’ डिभिजन लिगका लागि खेलाडीको उपचार सम्बन्धमा एन्फा र चरक मेमोरियल अस्पतालबीच आज सम्झौता भएको हो ।

सम्झौतामा एन्फाको तर्फबाट केन्द्रीय सदस्य एवं स्वास्थ्य समितिका संयोजक निरज खड्गी र एन्फा फुटसल कमिटीका प्रमुख विनोद गुरुङ तथा अस्पतालको तर्फबाट निर्देशक रामचन्द्र रेग्मी र म्यानेजर प्रदीप शर्माले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार राष्ट्रिय फुटशल लिगका खेलाडी, टिम अफिसियल र रेफ्रीलाई सम्पूर्ण स्वास्थ्य उपचारको सुविधा अस्पतालले उपलब्ध गराउने भएको छ । फुटशल राष्ट्रिय लिगमा घाइते हुने खेलाडीको अस्पतालले निःशुल्क उपचार प्रदान गर्नेछ भने औषधिमा १० प्रतिशत छुट दिने भएको छ ।

त्यसैगरी प्रतियोगिता अवधिभर अस्पतालको मेडिकल टिम खेल मैदानमा खटिने सम्झौतामा उल्लेख छ । राष्ट्रिय फुटशल लिगमा देशका सात प्रदेशबाट गरी १० टिमको सहभागिता रहने फुटशल कमिटीका प्रमुख गुरुङले जानकारी दिए ।  प्रतियोगिता पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन हुने बताइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १० : ४५ बजे

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।