आगलागी हुँदा आठ लाख बढीको क्षति « Khabarhub

आगलागी हुँदा आठ लाख बढीको क्षति


१६ भदौ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित रामप्रसाद रानाका घरमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् ।

टुकीबाट आगलागी सल्किँदा झण्डै रु आठ लाख बढीको क्षति भएको जनाइएको छ ।

अन्नपात, फर्निचर, ओढ्नेओछ्याउने कपडा, महत्वपूर्ण कागजपत्र, र गहना सबै जलेर नष्ट भएको वडाध्यक्ष बाले रानाले जानकारी दिए । “टुकी बालेर घरपरिवारका सदस्य अन्यत्र गएका बेला टुकी पल्टिँदा आगलागी भएको जानकारी पाएका छौँ”, उनले भने, “घर पूरै जलेर क्षति भएको छ ।”

नगरपालिकाको दमकल आगो निभेपछि मात्रै आइपुगेको स्थानीयवासीले गुनासो गरे । घर पूरै जलेपछि पीडित परिवारसँग शरीरमा लगाएको एकसरो लुगा मात्रै बचेको छ भने उनीहरू अहिले आफन्तको शरणमा बसेका छन् । आगलागी पीडित रामप्रसादले सबैसँग सहयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  १२ : १५ बजे

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै