सभामुख सापकोटाविरुद्धको मुद्दामा आज सुनुवाइ भएन « Khabarhub

सभामुख सापकोटाविरुद्धको मुद्दामा आज सुनुवाइ भएन


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा  पेशी चढे पनि बुधबार सुनुवाइ भएन । सापकोटा विरुद्धको अदालतको अवहेलना र द्वन्द्वकालीन मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने गरी पेशीमा चढेको थियो ।

ती मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफूसहित न्ययाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधनिक इजलास गठन गरेका थिए ।

माओवादी द्वन्द्वका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा २०६८ सालमा मुद्दा परेको थियो ।

अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए । यस्तै पत्रकार कनकमणि दीक्षितले अवहेलना सम्बन्धी मुद्दा दायर गरेका थिए । यी तीनवटै मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा हुने आदेश भएको थियो ।

तर, बुधबार सुनुवाई हेर्न नमिल्नेमा राखिएको छ । के कारणले हेर्न नमिल्नेमा राखिएको हो भन्ने केही आदेश भएपछिमात्र जानकारी हुने सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १२ : १० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार