दिलीप कुमार पत्नी सायरा आइसियूमा « Khabarhub

दिलीप कुमार पत्नी सायरा आइसियूमा


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– अभिनेता दिलीप कुमारको निधन पछि उनको छायाका रुपमा रहेकी सायरा बानोको स्वास्थ्यमा समस्या देखिएको छ । दिलीपको निधन पछिको शोकले सायराको शरीर अस्वस्थ बनेको हो । उनी तीन दिनदेखि हिन्दुजा अस्पतालमा उपचाररत छिन् ।

चिकित्सकका अनुसार उनको रक्तचाप सामान्य छैन र अक्सिजन लेभल पनि कम भइरहेको छ । जसकारण उनलाई श्वास लिन समस्या भएको छ । उनी आइसियूमा उपचाररत छिन् । उनी अझै केहीदिनसम्म अस्पतालमा नै हुनेछिन् ।

परिवारका सदस्यका अनुसार दिलीपको निधन पछि सायराको स्वास्थ्यमा दैनिक समस्या आइरहेको छ । दिलीपको निधन पछि न उनी कसैसँग भेट्छिन् न त बोल्छिन् नै । ‘सायराको सारा विश्व नै दिलीब साहब हुनुहुन्थ्यो । अहिले उहाँ नै नरहेपछि सायराको स्वास्थ्यमा ठूलो असर परेको छ,’ परिवारका एक सदस्यले भनेका छन् ।

अभिनेता दिलीपको गत जुलाई ७ मा ९८ वर्षको उमेरमा निधन भएको थियो । उनको राजकीय सम्मानका साथ अन्तिम बिदाइ गरिएको थियो । सायरा आफ्नो अभिनय र सुन्दरताका कारण फिल्मकर्मीदेखि दर्शकको मनमा बस्न सफल अभिनेत्रीका रुपमा चिनिन्छिन् ।

सायराले १७ वर्षको उमेरमा बलिउडमा पाइला चालेकी थिइन् । उनले सन् १९६१ मा शम्मी कपूरका साथ फिल्म ‘जंगली’बाट अभिनय सुरु गरिन् । उनले आफूलाई रोमान्टिक हिरोइनको छवि बनाएकी थिइन् ।

सन् ६० देखि ७० को दशकमा सायरा बलिउडको सफल अभिनेत्री थिइन् । उनी फिल्मसँगै अभिनेता दिलीप कुमारसँगको सम्बन्धले पनि चर्चामा आइन् ।

दिलीप र सायराको प्रेम हुँदा दिलीप ४४ र सायरा २२ वर्षका थिए । उनीहरुले सन् १९६६ मा विवाह गरे ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  २ : ११ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार