सुख्खा पहिरोले १२ घर जोखिममा « Khabarhub

सुख्खा पहिरोले १२ घर जोखिममा


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको भानु नगरपालिका–११ राम्चेमा सुख्खा पहिरो जाँदा १२ घर जोखिममा परेका छन् । केही दिनदेखि निरन्तर परेको झरी रोकिएर चर्को घाम लागेसँगै बुधबार बिहानदेखि यहाँ सुख्खा पहिरो जाँदा घर उच्च जोखिममा परेका छन् ।

बस्तीभन्दा माथिबाट सुख्खा पहिरो खस्दा घरहरु जोखिममा परेको र अझै ठूलो पहिरो जान सक्ने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । “दुर्घटनाको जोखिम रहेकाले ती घरका मानिसलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ,” तिमिल्सिनाले भने ।

यसैगरी केही दिनदेखि परेको निरन्तर झरिका कारण पहिरो जाँदा घिरिङ गाउँपालिका–१ अत्रौलीमा घर जोखिममा परेका छन् । अत्रौलीस्थित पाङ्ग्राको झ्याल वरपर पहिरो गएपछि घर जोखिममा परेका हुन् ।

टीकाराम दर्जीको घर पूर्व र रामबहादुर विकको घर पश्चिमतर्फ मोटरबाटो माथिको करिब १०० मिटर भूभाग खेतीयोग्य जमिन फाटेर पहिरो गएपछि जोखिम बढेको नेकपा ९एमाले० का जिल्ला उपसचिव एवं स्थानीयवासी विष्णुभक्त सिग्देलले जानकारी दिए ।

जोखिम बढेपछि स्थानीयवासी रीता विक, शर्मिला थापा विस्थापित अवस्थामा पुगेका छन् भने टीकाराम र रामबहादुरका घर पनि जोखिम अवस्थामा छन् । वर्षाकै कारण बमबहादुर थापाको घरको पश्चिम तर्फको जग जमिनमा धसिएका कारण घर खतरापूर्ण अवस्थामा पुगेको छ । रासस

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  २ : १३ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर