एमसीसीका उपाध्यक्ष नेपाल आउँदै | Khabarhub Khabarhub

एमसीसीका उपाध्यक्ष नेपाल आउँदै


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा जेड. सुमार अर्को हप्ता नेपाल आउने भएकी छन् ।

स्रोतका अनसार भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सत्तारूढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत केही सांसदहरुलाई भेट्ने कार्यक्रम छ ।

एमसीसीका विभिन्न तहमा रहेर काम गरेकी सुमार हालै उपध्यक्ष पदमा नियुक्ति भएकी हुन् । उनी एमसीसी अनुदान सम्बन्धी नेपाल–अमेरिका अन्तिम छलफलका क्रममा सहभागी थिइन् ।

नेपालले एमसीसी सम्झौताअनुसार सन् २०१७ मा हस्ताक्षर गरेको थियो । सम्झौताअनुसार नेपालले विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतका लागि करिब ५०० सय मिलियन अमेरिकी डलर (करिब ६० अर्ब रुपैयाँ) पाउने छ ।

एमसीसीको उपाध्यक्षका रूपमा सुमारले एमसीसी अनुदानमार्फत गरिबी न्यूनीकरणका सबै कार्यक्रहरु हेर्छिन् । यस अन्तर्गत उनले पूर्वाधार, जलवायु परिर्वतन, निजी क्षेत्र लैङ्गिक तथा सामाजिक समावेशिता, समाुदायिक विकास, भूमि तथा कृषि लगायतका एमसीसीको प्राविधिक र क्षेत्रीय व्यवस्थापन हेर्छिन् ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  २ : २३ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते