वैदेशिक रोजगारीमा गएका व्यक्ति ५ वर्षदेखि सम्पर्कविहीन « Khabarhub

वैदेशिक रोजगारीमा गएका व्यक्ति ५ वर्षदेखि सम्पर्कविहीन


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– वैदेशिक रोजगारमा गएका धनुषाका एक व्यक्ति विगत पाँच वर्षदेखि परिवारसँग सम्पर्कविहीन छन् । कमला नगरपालिका– ७ सिङ्ग्याही मडान बस्ने दुखि मण्डल विगत पाँच वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहेका हुन् । उनी सम्पर्कविहीन भएपछि परिवार चिन्तामा छ ।

आठ वर्ष पहिले मण्डल वैदेशिक रोजगारमा गएका थिए । दुई/तीन वर्षसम्म फोनमा कुराकानी हुने र पैसा पठाउने गरे पनि पाँच वर्षदेखि सम्पर्कविहीन भएको श्रीमती विनितादेवी मण्डलले बताइन् ।

आर्थिक अवस्थामा सुधार ल्याउन, छोराछोरीको भविष्य उज्ज्वल पार्ने सपना बुन्दै श्रीमानलाई विदेश पठाएकी विनिता यति बेला श्रीमान् हराएपछि निकै चिन्तामा छिन् । विनिताले भनिन्, “श्रीमानलाई साउदी अरबबाट कमाएर पठाएको पैसाले ऋण तिर्ने, दुई सन्तानलाई राम्रो शिक्षा दिने, एउटा घर बनाउने र खुसीयाली साथ जीवनयापन गर्ने सोचेका थिए, सुरु–सुरुमा सबै राम्रो नै थियो ।”

विनिताले थाहा पाएसम्म उनका श्रीमान् ऊट र बाख्राको रेखदेखको कामका लागि साउदी अरब गएका थिए । उनीसँग मोबाइल फोन नभएकाले मालिकले नै घरमा फोन सम्पर्क गराउने गरेको विनिताले बताइन् । अहिले त मालिक पनि सम्पर्कमा नभएको विनिताले जानकारी दिइन् । रासस

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  २ : ४८ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको