कांग्रेस महाधिवेशन : पौडेल पक्षमा साझा उम्मेदवार बनाउने प्रयास आज पनि विफल « Khabarhub

कांग्रेस महाधिवेशन : पौडेल पक्षमा साझा उम्मेदवार बनाउने प्रयास आज पनि विफल


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचनद्र पौडल पक्षीय नेताहरुले आगामी १४ औँ महाधिवेशनका लागि आज पनि साझा उम्मेदवार बनाउन सकेनन् ।

महाधिवेशनको मिति नजिकिएसँगै  साझा उम्मेदवार बनाउन छलफल जारी राखे पनि उनीहरु निष्कर्षमा पुग्न सकेका छैनन् ।

आजको बैठकमा १४ औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्ने विषयमा छलफल भएको नेतृ सुजाता कोइरालाले जानकारी दिइन् ।

उनले भनिन्,  ‘कसरी महाधिवेशन सफल बनाउने, राम्रो सन्देश दिने विषयमा सबैले आ-आफ्नो धारणा राख्नुभयो, पार्टी एकताको सन्देश दिनुपर्‍यो भन्ने विषयमै छलफल भयो ।’

उनले पार्टीभित्र देखिएका समस्या समाधान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै पार्टी भित्रका हरेक नकारात्मक प्रवृत्तिलाई हटाएर संस्कारगत राजनीति गर्नुपर्नेमा जोड दिइन् ।

क्रियाशील सदस्यका बारेमा भइरहेका विवादलाई समाधान गर्दै अडाडि बढ्नु पर्ने नेपाली काँग्रेसका नेता रामशरण महतले जोड दिए ।

उनले अहिले पनि क्रियाशील सदस्यको विवाद ठाउँ–ठाउँमा देखिएको भन्दै छिटो समाधान गर्नुपर्ने र एकताको सन्देश दिनुपर्ने बताए । नेता महतले निर्वाचनमा साझा उम्मेदवार बनाएर जानुपर्ने विषयमा छलफल भएको जानकारी दिए ।

उनले भने , ‘ सकरभर साझा उम्मेदवार बनाएर निर्विरोध भए राम्रो, नभएर विचार मिल्नेहरु एक भएर जानुपर्छ भन्ने हो ।’

नेपाली काँग्रेसको एकताको सन्देश दिने पक्षमा रहेकाले विकृतिलाई हटाउँदै सबै एक भएर जानु पर्ने महतको भनाइ थियो । उनले पार्टीको नेतृत्व निर्विरोध हुनुपर्ने र नभए विचार मिल्नेहरु एक हुनुपर्ने आफ्नो मत रहेको जिकिर गरे ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ६ : ३४ बजे

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ