भारतीय दूतावासद्वारा वीरगंजका बाढी पीडितलाई राहत सामग्री प्रदान | Khabarhub Khabarhub

भारतीय दूतावासद्वारा वीरगंजका बाढी पीडितलाई राहत सामग्री प्रदान


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगंज- नेपालस्थित भारतीय दूतावासले बाढी पीडितहरुका लागि राहत सामग्री सहयोग गरेको छ ।

बुधबार भारत सरकारकोतर्फबाट भारतका महावाणिज्यदूत नितेश कुमारले बाढी पीडितहरुका लागि सांसद चन्दा चौधरीलाई उक्त राहत सामग्री प्रदान गरेका हुन् ।

नेपाल-भारत महिला मैत्री समाजकी अध्यक्ष समेत रहेकी चौधरी र महावाणिज्यदूत कुमारले संयुक्त रूपमा जगरनाथपुर गाउँपालिका र पर्सा जिल्लाको पर्सागढी नगरपालिकाका करीब एक सय जना बाढीपीडितहरूलाई एउटा पाल र एउटा सुत्ने म्याट हस्तान्तरण गरे ।

हस्तान्तरण समारोहमा पर्सा जिल्लाका राजनीतिक दलका नेता तथा भारत–नेपाल महिला मैत्री समाजका पदाधिकारिहरू उपस्थित भएका थिए ।

यसैगरी बाढी प्रभावित पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा पीडितहरुलाई पनि राहत वितरण गरिने भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उक्त राहत सामग्री भारत सरकारको नियमित मानविय सहायता र नेपाललार्इ विपद् राहत सहयोगको हिस्सा रहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ७ : १० बजे

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं–  ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच

त्रिभुवन विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि…

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको बत्तीमा समस्या आएपछि विमानस्थलमा उडान

अन्तर्राष्ट्रिय सम्बन्धबारे जेन-जी पुस्ताले चासो दिनुपर्नेमा जोड

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा. खड्ग केसीले अबको शासन प्रणाली

सप्तरीका भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

राजविराज– भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई मध्यनजर गरी