म पार्टी विभाजनको पक्षमा छैन : मुख्यमन्त्री शाक्य « Khabarhub

म पार्टी विभाजनको पक्षमा छैन : मुख्यमन्त्री शाक्य


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेकोे स्पष्ट  पारेकी छिन् ।

नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताइन् ।

“म पार्टी विभाजनका पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन”, मुख्यमन्त्री शाक्यले भनिन् ।

आगामी दिनमा संविधानअनुसार सरकार सञ्चालन गर्ने बताउँदै उनले पार्टी विभाजनले प्रदेश र मुलुककै लागि दुःखद् भएको बताइन् ।

मुख्यमन्त्रीले दल परिवर्तन गर्ने आफ्ना दलका प्रदेशसभा सदस्यसँग तथा अन्य दलसँग समेत वार्ता गरी आफ्नो सरकारलाई निरन्तरता दिने वातावरण बनाउने बताइन् ।

पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पार्टीलाई एकताबद्ध गरेर जाने नीतिअनुरुप आफूले मुख्यमन्त्रीबाट बिदा लिएको र पार्टी एकताकै लागि नेतृ शाक्यले मुख्यमन्त्रीको पद सम्हालेको बताए ।

उनले एमाले एकजुट भएर शाक्य नेतृत्वको सरकारलाई निरन्तरता दिन अहम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । बैठकमा प्रदेशसभा सदस्यले सरकारले र पार्टीले आगामी दिनमा अवलम्बन गर्ने नीतिका बारेमा जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १० : ३० बजे

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको