काठमाडौँमा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधन चढ्न नपाउने « Khabarhub

काठमाडौँमा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधन चढ्न नपाउने


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आज बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो ।

उपत्यकाको भीडभाडलाई मध्यनजर गरी सवारी साधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागु गरिएको हो । सोअनुसार स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई सवारी साधानमा प्रवेश रोक लगाउन, चालक सहचालकले अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउन, सवारी साधनको ढोकामा अनिवार्यरूपमा स्यानिटाइजर राख्न, सवारी साधनलाई अनिवार्यरूपमा दैनिक स्यानिटाइज गर्न भनिएको छ । आजदेखि लागू गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि लागू हुने जनाइएको छ ।

कोभिड-१९ सङ्क्रमण कायमै रहेकाले अनावश्यकरूपमा बाहिर ननिस्किन, भीडभाड, जुलुस, जात्रा, महोत्सव नगर्न भनिएको छ । चाडपर्व स्वास्थ्यका सबै मापदण्ड पालना गरी साङ्केतिकरूपमा मनाउनुपर्ने आदेशमा उल्लेख छ । चाडवाडको बेला हुनसक्ने सम्भावित जोखिबाट बच्न पनि अनुरोध गरिएको छ । यस्तै आधिकारिक काउन्टरबाट टिकट काटी यात्रा गर्न र सवारी साधनको छतमा यात्रु नराख्न पनि निर्देशन गरिएको छ ।

सबै व्यवसाय सञ्चालन गर्दा भौतिक दूरी कायम गरी स्वास्थ्यका सबै मापदण्ड प्रयोग गर्न भनिएको छ । स्थानीय ढुवानी बिहान १० देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म नगर्न भनिएको छ भने निर्माण सामग्रीका ढुवानी भने राति १० देखि बिहान ५ बजेसम्म गर्नुपर्ने आदेशमा उल्लेख छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ८ : ५५ बजे

आप्रवासन प्रहरीले आफ्नै नागरिकको हत्या गरेपछि अमेरिकामा ‘जर्ज फ्लोयड प्रदर्शन’को झल्को

काठमाडौं– अमेरिकी समाज फेरि एक पटक हिंसात्मक बाटोमा अग्रसर हुने

सर्लाहीमा दादुरा नियन्त्रणका लागि आपतकालीन खोप अभियान 

काठमाडौं– सर्लाहीको मलंगवा नगरपालिका–३ मा दादुरा संक्रमण देखिएपछि त्यसको नियन्त्रणका

महोत्तरीबाट सात पूर्वमन्त्री चुनावी मैदानमा

जलेश्वर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री

भारतको गणतन्त्र दिवस : कर्तव्य पथमा शक्ति प्रदर्शन, युद्धक ट्यांकरदेखि लडाकु जेटसम्म उतारियो

नयाँ दिल्ली- भारतले सोमबार ७७औँ गणतन्त्र दिवस मनाइरहेको छ। गणतन्त्र

भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार

चितवन– भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन्