ललितपुरले बनायो ईपीएल इतिहासकै ठूलो स्कोर, बिराटनगरको पनि विस्फोटक सुरुआत « Khabarhub

ललितपुरले बनायो ईपीएल इतिहासकै ठूलो स्कोर, बिराटनगरको पनि विस्फोटक सुरुआत


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) मा शुक्रबार ललितपुर प्याट्रियसले कीर्तिमानी स्कोर बनाएको छ । सन्दुन विराकोड्डी र अज्मतुल्लाह ओमारजाईको अर्धशतकीय इनिङ्स खेलेपछि विराटनगर वारियर्सलाई जितका लागि २ सय २७ रनको विशाल लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको ललितपुरले ५ विकेट गुमाएर निर्धारित २० ओभरमा २ सय २६ रनको विशाल योगफल तयार पारेको हो ।

ललितपुरले तयार पारेको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक योगफल हो । यस अघि २०१८ मा भैरहवा ग्लाडियटर्सले पोखरा राइनोजविरुद्ध बनाएको २ सय १६ रन सर्वाधिक उच्च रहेको थियो ।

ललितपुरको उच्च योगफलमा ओपनर विराकोड्डीले सर्वाधिक ७३ रन जोडे । उनले ३ छक्का र १० वटा चौका प्रहार गरेका थिए । विराकोड्डीले २८ बलमा अर्धशतक प्रहार गरेका थिए ।

विराकोड्डीले प्रहार गरेको ७३ रन यस संस्करणको सर्वाधिक रनको बराबरी हो । यस अघि काठमाडौं किंग्स–११ का रायन वर्लले ललितपुरविरुद्ध अविजित ७३ रन बनाएका थिए ।

यता २१ बलमै अर्धशतक पूरा गरेका ओमारजाईले अविजित ५८ रन जोड्दा ७ छक्का प्रहार गरे ।

अर्का ओपनर तथा कप्तान कुशल भुर्तेलले १७ बलमा ३२ रन जोडे । विराकोड्डी र भुर्तेलले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरे ।

यता योगेन्द्र सिंह कार्कीले १८ बलमा २७ रन जोड्दा तीन छक्का र एक चौका प्रहार गरे । नारायण जोशीले चार बलमा १८ रन जोड्दा तीन छक्का प्रहार गरे । जयकिशन कोल्सावालाले १३ रनको योगदान गरे । पवन सर्राफले दुई रन जोडे ।

बिराटनगरका कप्तान करण केसीले दुई विकेट लिए । सिकन्दर राजा, प्रतिश जिसी र दिलशान मुनाविराले समान एक एक विकेट हात पारे ।
२२७ को विशाल लक्ष्य पाएको बिराटनगरले पनि विस्फोटक ब्याटिङ गरेको छ । उसले यो समाचार तयार पार्दासम्म १ विकेट गुमाएर ७ ओभरमा ७२ रन बनाइसकेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १२ : १५ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट