ललितपुरले बनायो ईपीएल इतिहासकै ठूलो स्कोर, बिराटनगरको पनि विस्फोटक सुरुआत « Khabarhub

ललितपुरले बनायो ईपीएल इतिहासकै ठूलो स्कोर, बिराटनगरको पनि विस्फोटक सुरुआत


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) मा शुक्रबार ललितपुर प्याट्रियसले कीर्तिमानी स्कोर बनाएको छ । सन्दुन विराकोड्डी र अज्मतुल्लाह ओमारजाईको अर्धशतकीय इनिङ्स खेलेपछि विराटनगर वारियर्सलाई जितका लागि २ सय २७ रनको विशाल लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको ललितपुरले ५ विकेट गुमाएर निर्धारित २० ओभरमा २ सय २६ रनको विशाल योगफल तयार पारेको हो ।

ललितपुरले तयार पारेको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक योगफल हो । यस अघि २०१८ मा भैरहवा ग्लाडियटर्सले पोखरा राइनोजविरुद्ध बनाएको २ सय १६ रन सर्वाधिक उच्च रहेको थियो ।

ललितपुरको उच्च योगफलमा ओपनर विराकोड्डीले सर्वाधिक ७३ रन जोडे । उनले ३ छक्का र १० वटा चौका प्रहार गरेका थिए । विराकोड्डीले २८ बलमा अर्धशतक प्रहार गरेका थिए ।

विराकोड्डीले प्रहार गरेको ७३ रन यस संस्करणको सर्वाधिक रनको बराबरी हो । यस अघि काठमाडौं किंग्स–११ का रायन वर्लले ललितपुरविरुद्ध अविजित ७३ रन बनाएका थिए ।

यता २१ बलमै अर्धशतक पूरा गरेका ओमारजाईले अविजित ५८ रन जोड्दा ७ छक्का प्रहार गरे ।

अर्का ओपनर तथा कप्तान कुशल भुर्तेलले १७ बलमा ३२ रन जोडे । विराकोड्डी र भुर्तेलले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरे ।

यता योगेन्द्र सिंह कार्कीले १८ बलमा २७ रन जोड्दा तीन छक्का र एक चौका प्रहार गरे । नारायण जोशीले चार बलमा १८ रन जोड्दा तीन छक्का प्रहार गरे । जयकिशन कोल्सावालाले १३ रनको योगदान गरे । पवन सर्राफले दुई रन जोडे ।

बिराटनगरका कप्तान करण केसीले दुई विकेट लिए । सिकन्दर राजा, प्रतिश जिसी र दिलशान मुनाविराले समान एक एक विकेट हात पारे ।
२२७ को विशाल लक्ष्य पाएको बिराटनगरले पनि विस्फोटक ब्याटिङ गरेको छ । उसले यो समाचार तयार पार्दासम्म १ विकेट गुमाएर ७ ओभरमा ७२ रन बनाइसकेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १२ : १५ बजे

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

युक्रेनलाई ५०० प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न अमेरिकाले दियो स्वीकृति

एजेन्सी– अमेरिकाले रुसको बढ्दो हवाई आक्रमणबाट जोगिन युक्रेनलाई २ अर्ब

अस्पताल उद्घाटन विवादमा झडप, गोली लागेर एक किशोर गम्भीर घाइते

बारा – बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर