ओलीले प्रतिवेदनको पूर्णपाठ प्रस्तुत गर्न सकेनन् « Khabarhub

ओलीले प्रतिवेदनको पूर्णपाठ प्रस्तुत गर्न सकेनन्


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको जारी पहिलो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत भइरहेको छ । महाधिवेशन उद्घाटनपछि सुरुमै अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गर्न थालेका थिए । तर, उनले सो राजनीतिक प्रतिवेदनको पूर्णपाठ प्रस्तुत गर्न सकेनन् ।

एमालेको राजनीतिक इतिहास खण्ड प्रस्तुत गर्दै गर्दा ओलीले अब आफूलाई गाह्रो भएको भन्दै बाँकी प्रतिवेदन प्रस्तुत गर्न स्थायी कमिटी सदस्य शंकर पोखरेललाई जिम्मा दिएका छन् । अहिले पोखरेलले प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा एमालेको विधान महाधिवेशन जारी छ । महाधिवेशनमा ६ हजारभन्दा धेरै प्रतिनिधिले भाग लिएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  २ : ५० बजे

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं– यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित