प्रचण्डबारे ओलीको विश्लेषण : कार्यकारी अधिकार पाएपछि निवासलाई पार्टीको हेडक्वाटर बनाए (पूर्णपाठ) « Khabarhub

प्रचण्डबारे ओलीको विश्लेषण : कार्यकारी अधिकार पाएपछि निवासलाई पार्टीको हेडक्वाटर बनाए (पूर्णपाठ)


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाकालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकार पाएपछि आफ्नो निवासलाई पार्टीको हेडक्वाटर बनाएको विश्लेषण गरेका छन् । शुक्रबार सुरु भएको पार्टीको पहिलो विधान महाधिवेशनमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डबारे यस्तो विश्लेषण गरिएको हो ।

२०७४ को आम निर्वाचनमा गठबन्धन गरेर चुनाव लडे पनि चुनावी परिणामपछि प्रचण्ड एमाले नेतृत्वको सरकारको पक्षमा नरहेको ओलीको विश्लेषण छ । संसदमा रहेको सबैभन्दा ठूलो मधेश केन्द्रित दलले संसदको सबैभन्दा ठूलो पार्टीलाई विपक्षमा राख्न नहुने बताएपछिमात्र बाध्य भएर एमाले नेतृत्वको सरकार स्वीकार गरेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

आफू नेतृत्वको सरकारले अभूतपूर्व काम गरेको भन्दै सरकारका कामको लामो फेहरिस्त प्रस्तुत गरेका छन् । सरकारले तिब्ररुपमा काम गरिरहेका बेला पार्टीमा किचलो निकालिएको उनले बताएका छन् । प्रचण्डले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने नीति लिएकोसमेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ४ : ४३ बजे

क्यान्सरको बिरामीलाई आर्थिक सहयोग

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन

सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिनेमाथि कारबाही गर्दै साइबर ब्यूरो

काठमाडौं – प्रहरीले सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिएर भ्रमण

‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ स्याङ्जा

स्याङ्जा– पछिल्ला वर्षहरूमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका