भारतको लगातार दोस्रो हार, न्युजिल्यान्डको सेमिफाइनल यात्रा बलियो « Khabarhub

भारतको लगातार दोस्रो हार, न्युजिल्यान्डको सेमिफाइनल यात्रा बलियो


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपाधी दाबेदार भारत आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो हार ब्यहोरेको छ । आइतबार सुपर-१२ को समूह-२ को खेलमा भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको हो । योसँगै भारतको सेमिफाइनलमा यात्रा कमजोर भएको छ । न्युजिल्यान्डले भने सेमिफाइनल यात्रा बलियो बनाएकाे छ ।

जितका लागि १११ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४ ओभर ३ बलमा पूरा गर्‍याे । न्युजिल्यान्डका ओपनर डर्याल मिचेलले सर्वाधिक ४९ रनको योगदान दिए । कप्तान केन विलियम्सन ३३ रनमा अविजित रहे ।

यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११० रन मात्र बनायो । रविन्द्र जडेजाले सर्वाधिक २६ रनको योगदान दिए । हार्दिक पान्ड्याले २३ रन बनाए । अन्य कुनै पनि खेलाडी क्रिजमा चल्न सकेनन् ।

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ३ विकेट लिए । स्पिनर ईश सोधीले २ विकेट लिए ।

भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

सुपर-१२ को समूह-२ मा पाकिस्तान ३ खेलमा ३ जितका साथ ६ अंकसहित शीर्ष स्थानमा छ । अफगानिस्तान दोस्रो स्थानमा छ । न्युजिल्यान्ड तेस्रो स्थानमा छ । नामिबिया चौथो स्थानमा रहदा भारत र स्कटल्यान्ड क्रमश: पाँचौ र छैटौं स्थानमा छन् ।

समूह-१ मा इंग्ल्यान्ड ३ खेलमा ३ जितका साथ ६ अंक जोड्दै शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ७ : ५५ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन