अफगानी समुदायद्वारा इटालीमा पाकिस्तानविरुद्ध प्रदर्शन « Khabarhub

अफगानी समुदायद्वारा इटालीमा पाकिस्तानविरुद्ध प्रदर्शन


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोम – इटालीमा पाकिस्तानविरुद्ध प्रदर्शन भएको छ।

इटालीमा रहेका अफगानी समुदायका प्रमुख काइहान माश्रिकवालको नेतृत्वमा आइतबार मिलान सेन्ट्रल रेलवे स्टेशनमा प्रदर्शन भएको हो।

प्रदर्शनकारीहरूले अफगानिस्तानमा विनाश मच्चाएको भन्दै पाकिस्तान सरकार र सेनाविरूद्ध नाराबाजी गरेका थिए ।

उनीहरूले सन् १९७१ मा पाकिस्तानी सेनाले देशमा आक्रमण गर्दा अफगानीहरूले भोगेको बंगलादेशीहरूको कठिनाइसँग पनि तुलना गरेका छन्। यसअघि अगस्तमा रोमको मुटुमा रहेको रिपब्लिका स्क्वायरमा तालिवान विरोधी प्रदर्शन भएको थियो।

यसैबीच आइतबार तालिबानले पहिलो पटक पुरानो सरकार (इस्लामिक रिपब्लिक अफ अफगानिस्तान) को पतन जनताको हितमा नभएको र यो योजनाबद्ध नभएको स्वीकार गरेको छ। सूचना तथा संस्कृति उपमन्त्री जबिउल्लाह मुजाहिदले टोलो न्युजसँगको विशेष अन्तर्वार्तामा उक्त कुरा बताएका हुन्।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ९ : ४१ बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका