अफगानी समुदायद्वारा इटालीमा पाकिस्तानविरुद्ध प्रदर्शन « Khabarhub

अफगानी समुदायद्वारा इटालीमा पाकिस्तानविरुद्ध प्रदर्शन


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोम – इटालीमा पाकिस्तानविरुद्ध प्रदर्शन भएको छ।

इटालीमा रहेका अफगानी समुदायका प्रमुख काइहान माश्रिकवालको नेतृत्वमा आइतबार मिलान सेन्ट्रल रेलवे स्टेशनमा प्रदर्शन भएको हो।

प्रदर्शनकारीहरूले अफगानिस्तानमा विनाश मच्चाएको भन्दै पाकिस्तान सरकार र सेनाविरूद्ध नाराबाजी गरेका थिए ।

उनीहरूले सन् १९७१ मा पाकिस्तानी सेनाले देशमा आक्रमण गर्दा अफगानीहरूले भोगेको बंगलादेशीहरूको कठिनाइसँग पनि तुलना गरेका छन्। यसअघि अगस्तमा रोमको मुटुमा रहेको रिपब्लिका स्क्वायरमा तालिवान विरोधी प्रदर्शन भएको थियो।

यसैबीच आइतबार तालिबानले पहिलो पटक पुरानो सरकार (इस्लामिक रिपब्लिक अफ अफगानिस्तान) को पतन जनताको हितमा नभएको र यो योजनाबद्ध नभएको स्वीकार गरेको छ। सूचना तथा संस्कृति उपमन्त्री जबिउल्लाह मुजाहिदले टोलो न्युजसँगको विशेष अन्तर्वार्तामा उक्त कुरा बताएका हुन्।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ९ : ४१ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण